आगलागी भएको हनुमान सेन्ट्रलमा पसल खुल्न थाले
बिर्तामोड । गत शनिवार आगलागी भएको बिर्तामोडस्थित हनुमान कम्प्लेक्समा व्यवसायीले पसल खोलेर निर्वाध रुपमा व्यवसाय शुरु गरेका छन् ।

आगलागी भएपछि व्यवसाय प्रभावित भएको कम्प्लेक्समा मंगलवारदेखि किनमेल शुरु हुन थालेको छ । आइतवार पूर्ण रुपमा बन्द रहेको कम्प्लेक्स मंगलवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सञ्चालक प्रवेश सरियाले जानकारी दिए । उनका अनुसार आगलागीबाट क्षति भएको पसल बाहेक सबै व्यवसायीले व्यवसाय शुरु गरिसकेका छन् ।
आगलागीबाट दिनेश पाठकले सञ्चालन गर्दै आएको इरिकको सोरुम पूर्ण रुपमा क्षति भएको छ भने नजिकैका केहि पसलमा समेत क्षति पुगेको छ । अहिले आगलागी भएको ठाउँमा मर्मत कार्य भइरहेको हनुमान सेन्ट्रलको व्यवस्थापन पक्षले इजलासलाई जानकारी दिएको छ । केहि दिनमै पूर्ण रुपमा मर्मत सम्पन्न गरेर सहज स्थिति बनाउने बताइएको छ ।