देवी क्याम्पस आफ्नै भवनमा

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी क्याम्पसले सुविधा सम्पन्न भवन गरेको छ ।
बिर्तामोड–६ मा निर्माण भइरहेको भवनमा आउँदो मंसीरबाट सर्ने तयारी भएको क्याम्पसका प्रशासकीय अधिकृत बद्री भट्टराईले जानकारी दिए । अहिले सो क्याम्पस भाडाको घरमा पठनपाठन गरिरहेको छ ।
आन्तरिक स्रोतबाट २ कठ्ठा १७ धुर जमिन खरिद गरेको क्याम्पसले २ करोड ४१ लाखको स्टमेटमा भवन निर्माण गरिरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार विभिन्न क्षेत्रको सहयोगमा भवन निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको उनको भनाई छ ।
तिन तले भवन निर्माण गर्ने तयारी गरेको क्याम्पसले हालसम्म दुई तला निर्माण सम्पन्न गरिसकेको छ । विश्वविधालय अनुदान आयोगको २५ लाख, बिर्तामोड नगरपालिकाको ८ लाख, केन्द्रीय सांसद् पवित्रा निरौला खरेलको संघीय निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १६ लाख, प्रदेश सांसद् एकराज कार्कीको कोषबाट ७ लाख र प्रदेश १ सरकारबाट ३० लाख सहयोगमा उक्त भवन निर्माण भइरहेको क्याम्पस प्रमुख लेखनाथ भट्टराईले जानकारी दिए ।
प्रदेश १ सेवा क्षेत्र रहेको देवी क्याम्पसमा हाल १ हजार ५४ विधार्थी अध्ययनरत छन् । सो क्याम्पसमा विविएस कार्यक्रम मात्र सञ्चालन रहेको छ । सुलभ शुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पसमा जुम्ला, आछाम, कालिकोट, धनगडी र सप्तरीसम्मका विधार्थी अध्ययन गरिरहेका छन् ।
०७० सालमा स्थापना भएको क्याम्पसमा आउँदो वर्षबाट विसिए र एमविएस् कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको क्याम्पस प्रमुख भट्टराईले जानकारी दिए ।