सुन अहिलेसम्मकै महंगो, प्रति तोला ६५ हजार ८ सय
झापा । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरेसँगै सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको हो ।

आज शुक्रबार छापावाला सुन तोलामा ८ सय रुपयाँले बढेको छ, छापावाला प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय ७० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।