बैशाख २०, २०८२ शनिबार

बिर्तामोडबाट वेपत्ता दुई किशोरी भारतको पुर्णियामा फेला

बिर्तामोड । साउन १४ गते देखि वेपत्ता भएका बिर्तामोड–४ का किशोरी फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले दिल्ली प्रहरीको इन्टरपोलसँगको सहकार्यमा किशोरी फेला परेको हो ।


बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिनुभयो । उनीहरु स्थानीय ग्लोरी अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययनरत छन् । विधालय हिडेका दिदीबहिनी बेलुका घर नफर्किएपछि परिवारले प्रहरीसँग खोजीको लागि आग्रह गरेको थियो ।


डिएसपी थापाका अनुसार किशोरीहरु मानवबेचविखन गर्नेको हात पर्न सक्ने संभावना भएकाले घटनालाई संवेदनशील रुपमा लिएर अनुसन्धान अघि बढाइएको हो । पूजा कक्षा १० र पुजन कक्षा आठमा अध्ययनरत छन् । उनीहरु वेपत्ता भएको दिन आफन्त पर्नेले पूर्व तर्फ गाडी चढेको देखेपछि भारतीय प्रहरी र माइती नेपालसँग बिर्तामोड प्रहरीले समन्वय गरेको थियो ।


डिएसपी थापाले उनीहरुले बोकेको मोवाइलमा भारतको लखनउ ट्रयाक गरेपछि भारतीय प्रहरीसँग समन्वय गर्न प्रहरी प्रधान कार्यालय र नेपालको इन्टरपोलले भारतको इन्टरपोलसँग सम्पर्क गरेको थियो । लखनउमा छन् भन्ने भएपछि हामीले तत्काल भारतीय प्रहरीलाई जानकारी गरायौं, डिएसपी थापाले भन्नुभयो – मानव दलालीको पञ्जामा पर्न सक्ने भएकाले सचेत भई उनीहरुको संपर्कमा पुगेका हौं ।

किशोरीले त्यहाँ प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि भारतीय फोनबाट यहाँ आफन्तलाई जानकारी गराएका थिए । लखनउबाट पुर्णिया आएको जानकारी गराएपछि किशोरीको मामालाई सम्पर्क गरी नेपाल झिकाइएको डिएसपी थापाले जानकारी दिनुभयो । उनीहरु आज विर्तामोड आइपुग्ने बताइएको छ ।

प्रकाशित मिति : श्रावण २०, २०७६ सोमबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]