पत्रकार दिपीन राईलाई पितृ शोक

बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का प्रदेश १ का इन्चार्ज दिपीन राईको बुवा धनबहादुर राईको सोमवार निधन भएको छ ।
अर्जुनधारा नगरपालिका–७, झापा निवासी राईको झापास्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा अपरान्ह १ बजे ७९ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि विरामी रहेका दिवंगत धनबहादुर राईका श्रीमति, दुई छोरा, बुहारी र चार छोरी ज्वाइँ रहेका छन् । फोजिनले शोक वक्तव्य जारी गर्दै निधनको घटनाले फोनिज संघीय समिति र सिंगो परिवार स्तब्ध जनाएको छ । दिवंगत धनबहादुर राईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोककाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।