आगामी वर्षदेखि मेरो निर्वाचन क्षेत्रमा डुवेर मरेको समाचार सुन्न पाइदैन : सांसद एलपी साँवा
सुरुङ्गा । वर्खायाममा दक्षिणी झापा गाउँपालिकाको– ५ वटा वाडवासीहरुको प्रायः भेट हुन मुस्किल पर्छ । भेटघाट गर्नका लागि कित ठुलो जोखिम मोलेरै सानो माई तरेर वारीपारी गर्नुपर्द थियो । नभए, २२ किलोमिटरको दुरीमा रहेको सुरुङ्गा बजारमै नपुगि धरै थिएन । तर, यस बर्षको बर्खायाममा भने यस क्षेत्रका स्थानीय यति धेरै सास्ती खप्नु परेन ।

यस क्षेत्रका सांसद एलपी साँवा लिम्बुको सांसद स्थानीय विकास पूर्वाधार कोषको ५५ लाख लागत र स्थानीयको २० प्रतिशत रकम बरावरको जनश्रमदानबाट झापा गाउँपालिका ७ र ६ को विचमा रहेको सानो माइमा बक्स पुल हालिएपछि यस गाउँपालिकाका प्रायः सबै वार्ड विच नागरिकको आवतजावत गर्न सजिलो भएको छ ।
दुई बर्ष पहिले यस क्षेत्रमा रहेका दुई ठुला खोलाहरु माई र विरिङ नदि तथा अन्य साना ठुला भङ्गालोहरुले बगाएर एउटै गाउँपालिकाबाट ११ जनाको ज्यान गएपछि स्थानीयवाशी बर्खाको याममा नदिबाट थप प्रताडित रहेका थिए । स्थानीय उपभोक्ताद्धारा निर्माण गरिएको सो वक्स पुलको संघीय सांसद एलपी साँवा लिम्बु र झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह र उपाध्यक्ष कुन्तीदेवि बुडाथोकीले विशेष कार्यक्रमका विच उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै सांसद साबाँले आगामी बर्षमा गाउँपालिका र संघीय सांसदको आधाआधा रमकमा झापा गाउँपालिकाभित्र थप दुईवटा यसप्रकारका पुल लगाइ छाड्ने र कम्तीमा झापा गाउँपालिकावासी बर्खायाममा डुबेर मृत्युको समाचार सुन्नु नपर्ने बताए ।
उपभोक्ता समितिका अध्यक्ष गजेन्द्र ताम्लीले बक्स पुल निर्माणमा इन्जिनियरले गलत इष्टमेट बनाइदिएका कारण उपभोक्ता समितिको ठुलो क्षति व्यार्होनु परेको समेत बताएका छन् । आफुहरुले बनाएको पुल सरकारले ठेकेदार कम्पनी मार्फत बनाउदा २ करोड भन्दा माथि लागत लाग्ने समेत अध्यक्ष ताम्लीले दावी गरे ।
पुल निर्माणसँगै झापा गाउँपालिका वार्ड नम्बर १,२,३,६ र ७ नम्बर वासीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । पुल नहुँदा यस क्षेत्रको गाउँमा बर्खामा एम्बुलेन्स लगायतका अत्यावश्यकीय साधन नजाँदा विरामी तथा विद्यार्थीलाई समेत समस्या हुने गरेको थियो ।