यस्ताे छ, शुक्रवारसम्मकाे माैसम

मौसम विश्लेषण (Meteorological Analysis):
मनसुनको न्यून
चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही उत्तर तर्फ (नेपाल
तर्फ) सरेको छ | साथै पूर्वि र मध्य नेपालमा एउटा Deep Depression को असर पनि देखिएको छ। उक्त Deep Depression, हाल उत्तरी ओडिसा तटीय नजिकै उत्तर -पश्चिम बंगालको खाडीमा
अवस्थित छ । मनसुनको न्यून चापिय रेखा (Axis of
Monsoon Trough) को औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली,
दक्षिण उत्तर
प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म( Head of Bay of Bengal) जनाउँछ।
देशभर समग्र
मौसमको अवस्था (Present Weather Status):
हाल देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही पूर्वी भू भागको थोरै स्थानहरुमा र पश्चिमको १/२ स्थानहरुमा हल्का वर्षा भइरहेको छ । देशको पूर्वी भू-भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण २२ गते (बुधबार)
राती: देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही पूर्वी र मध्य भू-भागहरूका केही स्थानहरुमा र पश्चिमी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। पूर्वी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण २३ गते (बिहिबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थानहरुमा र पुर्वका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
राती: देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुनसक्छ।
श्रावण २४ गते (शुक्रबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुने/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ। पूर्वी नेपालका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।