उपमेयर उप्रेतीलाई पितृशोक
मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई पितृशोक परेको छ । उपप्रमुख उप्रेतीका पिता रुद्रप्रसाद पोखरेलको आज ८८ वर्षको उमेरमा विराटनगरमा निधन भएको हो ।

विराटनगर–१४ स्थित रोडशेषस्थित निवासमा पोखरेलको विहान ८ वजेर ५० मिनेटमा निधन भएकोे पारिवारिक स्रोतले जनाएको छ । श्वासप्रश्वास रोगबाट पीडित पोखरेललाई केही दिनदेखि मोरङ सहकारी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।
उनको शुक्रबार स्थानीय हाटखोलामा अन्त्येष्टि गरिने बताइएको छ । उनकी श्रीमती डम्बरकुमारी, तीन छोराहरु डा.उद्वव पोखरेल, रमेश पोखरेल र डिल्ली पोखरेल तथा सात छोरीहरु राधा शिवाकोटी, कमला रिजाल, मीना उप्रेती, झुमा पाठक, प्रमिला सुवेदी, चन्द्रा चिमरिया र हिमा ओझा छन् ।