बैशाख २३, २०८२ मंगलबार

त्रिशूली अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

धादिङ – धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खसेर भएको दुर्घटनामा परि  ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।त्यस्तै दुर्घटनामा परि २० जना हराइरहेका छन् ।  

धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको जानकारी दिनुभयो ।  उहाँका अनुसार ३ जनाको घटनास्थमै ज्यान गएको हो । यस्तै, दुई जनाको चितवनमा, दुई जनाको तनहुँमा, एक-एक जनाको गोरखा र पूर्वी नवलपरासीमा शव भेटिएको हो । 

दुर्घटनामा १६ जनाको उद्धार गरिएको छ । रात परेकाले हराएका २० जनाको अब शनिबार बिहानदेखि मात्रै खोजी थालिने भएको छ । खोजीका लागि सबै निकायसँग समन्यव भइरहेको उहाँले बताउनुभयो ।

सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस बिहान सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो । हराइरहेकाहरुको खोजीका लागि तनहुँ, गोरखा, चितवन र नवलपरासी प्रहरीसँग समन्वय भइरहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । 

दुर्घटनामा परि घाइते भएकामध्ये ७ जना गजुरी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै १० जना घाइतेकाे काठमाण्डाैमा रहेकाे ट्रमा सेन्टरमा उपचार भैरहेकाे छ ।

प्रकाशित मिति : श्रावण २४, २०७६ शुक्रबार  १० : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]