कचनकवलमा विधार्थी आन्दोलन : नारायणहिटीको जस्तो पनि हुन सक्छ – विधार्थी नेता लामा
यतिवेला झापाको कचनकवल गाउँपालिकामा आन्दोलन चलिरहेको छ । गाउँपालिकाले एक विधालय एक संकाय नीति अघि सारेको छ । स्थानीय तहका विधार्थी गाउँपालिकाको यो निर्णय विरुद्ध सशक्त आन्दोलन गरिरहेका छन् । जिल्लाका विधार्थी संगठन समेत आन्दोलनमा ऐक्यवद्धता जनाएर विधार्थीको माग पुरा गर्ने दौरानमा होमिएका छन् । एक विधालय एक संकाय नीतिले अध्ययनरत विधार्थीको भविष्य अन्यौल बन्ने निश्चित भएको छ । कार्यरत शिक्षक पनि बेरोजगार बन्ने भएका छन् । स्थानीय सरकारले विधार्थी र शिक्षक कर्मचारीको आगामी जीवन नै समस्याग्रस्त बनाउने गरी गरेको निर्णयका विरुद्ध संघर्ष गरिरहेको संयुक्त विधार्थी आन्दोलन अहिले निर्णय फिर्ता गराउन जोडदारका साथ लागेको छ । यसै सन्दर्भमा आन्दोलनका नेतृत्वकर्ता अनेरास्ववियू झापाका सचिव रोशन लामासँगको संक्षिप्त कुराकानी :

१, कचनकवल गापाको विवाद के हो ?
कचनकवल गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा यस गापामा माध्यमिक तह कक्षा १२ सम्म निशुल्क गर्ने निर्णय गर्यो । उक्त निर्णय हामी सबैले स्वागत गर्यौ । तर निजी विधालय सञ्चालकसँगको व्यतिmगत राजनीतिक सम्बन्धका आधारमा गापाले सामुदायिक विधालयमा एक बिधालय एक संकाय सञ्चाल गर्ने अव्यवहारिक निर्णय गर्यो । पहिले देखी संचालन हुदै आएका संकायहरु पनि यस नीतिले संचालन नहुने अवस्था आउछ ।
यस गापाको गरिबका छोरा छोरीले नजिकको विधालयमा आफुले चाहेको विषय पढ्न नपाउने अवस्था सिर्जना भएको छ । लक्ष्मी मावि बनियाँनीमा नेपाली माध्यमको ब्यवस्थापन संकाय, लक्ष्मी प्रसाद देवकोटा माविमा अंग्रेजी माध्यम व्यवस्थापन संकाय र पथरिया माविमा नेपाली माध्यमको शिक्षा संकाय मात्रै सञ्चालन गर्न पाउने निर्णयले गरिब, आदिवासी, मधेशी, मुस्लिम समुदायको बाहुल्य रहेको यस कचनकवलमा धेरै विधार्थीहरुले अध्यन गर्न नपाउने देखिन्छ । त्यसैले सबै विधार्थीले सर्वसुलभ, निशुल्क र चाहेका विषय अध्ययन गर्न पाउने अधिकार रक्षाका निम्ती विधार्थी र विधार्थी संगठन आन्दोलित भएको हो । यो विवाद गापाको अब्यवहारिक , अबैज्ञानिक र अविवेकी निर्णयको उपज हो ।
२, कस्तो राजनीतिक प्रभाव भन्न खोज्नु भएको हो ?
कचनकवल गापा अन्र्तगत बनियाँनीमा नजिकै सामुदायिक तर्फ लक्ष्मी मावि र निजी तर्फ विध्या निकेतन, कचनकवल विधा मन्दिरमा ११ र १२ पढाइ हुन्छ । लक्ष्मी माविमा गत वर्ष शिक्षा संकाय र व्यवस्थापन संकाय संचालन थियो भने विधा निकेतनले पनि ब्यवस्थापन संकायको र शिक्षा संकायकै अनुमती लिए पनि विधार्थीको अभावमा ब्यवस्थापन संकाय कम्प्यूटर साइन्स मात्रै संचालन गर्दै आएको थियो ।
सामुदायिक विधालयमा निशुल्क गर्दा निजी विधालयमा विधार्थीको आर्कषण कम हुनु स्वभाविक हो । एक विधालय एक संकाय नीति लिनुमा गापा अध्यक्ष र नीजि विधालय विधा निकेतनका संचालक विच एउटै राजनीतिक आस्था रहेको र निजी विधालयलाई फाइदा पुग्ने कुराले राजनीतिक प्रभाव रहेको पुष्टि गर्छ ।
३, एक बिद्यालय एक संकाय किन बेठीक छ ?
भौगोलिक हिसाबले कचनकवल गापा दुर्गममा पर्छ । विधाथीर्को माग र रुची अनुसार गापाले थप संकाय र प्राविधिक विषय थप गर्नुपर्नेमा पहिलेदेखी पढाई हुदै गरेको विषय हटाएको छ । घेराबारीको एक विधार्थीले नेपाली माध्यमको व्यवस्थापन विषय पढ्न चाहेमा बनियाँनीको लक्ष्मी माविमा आउनुपर्छ । जुन करिब १५ किमी भन्दा बढी छ ।
त्यस्तै बनियाँनी उत्तरका विधार्थीले शिक्षा संकाय पढ्न चाहेमा करिब १२ कि मी भन्दा टाढा पथरीया मावी जानुपर्ने बाध्यता सिर्जना हुन्छ । एक विधालयको गापाभित्र ३ वटा मात्रै सामुदायिक बिद्यालय रहेको अवस्थामा बिद्यार्थीले आफ्नो चाहनाको बिषय अध्ययन गर्न निकै सास्ती र कष्टका साथ लामो दुरी धाएर अध्ययन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपालको संविधानमा उल्लेखित मौलिक हक र कर्तव्यलाई वेवास्ता गरी स्थानीय सरकारले मनोमानी बिद्यार्थीको भविष्यमा खेलबाड गरेका छन् ।
मुलुक संघीय गणतन्त्रात्मक व्यवस्थामा भएर तीन तहको सरकार भइरहँदा गापाभित्र नयाँ प्राविधिक बिषयहरु अध्ययन गराउनु पर्नेमा भइहेको संकाय पनि कटौती गरी समग्र कचनकवल कै भविष्य नै अन्धाकारमा धकेलिरहेको छ ।
४, विधार्थीको माग के हो ?
बिद्यार्थीको माग पढ्न पाउने नैसर्गिक अधिकार स्थापित गरि कार्यान्वयन गराउनु हो । बिधार्थी सर्वसुलभ् रुपमा शिक्षाको पहुँचमा पु¥याउनुपर्छ । हाम्रो माग शैक्षिक क्षेत्रमा भएको बिकृती र बिसंगतीको अन्त्य गर्दै ब्यवहारिक , सर्वसुलभ र प्राविधिक शिक्षामा जोड दिने हो ।अहिलेको सन्र्दभमा कचनकवल गापामा शिक्षामा देखिएको सिण्डिकेटको अन्त्य गर्दै यस क्षेत्रको सम्पूर्ण विर्धाथीहरुलाई आफ्नो रुची अनूसारको विषय आफुलाई पायक पर्ने ठाउँमा अध्ययन गर्न पाउने अधिकार सुनिश्चित गराउनु हाम्रो प्रमुख माग हो ।
त्यस्तै, निजी विधालयमा नेपाल सरकारको नियमअनुसार दिइने १० प्रतिशत छात्रवृत्तिको पारदर्शिता , सामुदायिक विधालयमा विधार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान ,शिक्षक नियुक्तिमा पारदर्शिता , यस गापामा रहेका आदिवासी , मधेशी र मुस्लिम समुदायलाई शिक्षाको पहँुचमा पु¥याउन विशेष छात्रवृत्तिको व्यवस्था गरिनुपर्दछ ।
५, कचनकवलमा शिक्षाको अवस्था कस्तो छ ?
भौगोलिक हिसाबले अत्यन्त विकट र दुर्गम गापा हो,कचनकवल । जनमानसको बसाईका हिसाबले अत्याधिक आदिवासी, मुस्लिम, राजवंशी समुदायको बाहुल्य रहेको क्षेत्र हो । चेतना र शिक्षामा तुलनात्मक रुपमा कमजोर छ । यस गापाबाट उच्च शिक्षा अध्ययनका निम्ति धरै विधार्थी अन्यत्र जाने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका धेरै विधार्थीले पढाइलाई बिचैमा छाड्नु पर्ने अवस्था देखिन्छ । झापा जिल्ला अन्र्तगत यस गापा रहेता पनि शिक्षाको क्षेत्रमा अत्यन्त कमजोर देखिन्छ ।
६, यो निर्णयले कस्तो प्रभाव राख्छ ?
सम्पूर्ण बिधार्थीको भविष्य अन्योलमा पार्ने काम गरेको छ । गापाको यो बाध्यकारी निर्णयले बिधार्थी एवम् अभिभावकमा निरासा र बितृष्णा पैदा गरेको छ । आफ्नो रुची अनुसारको विषय नपाएको कारणले विधार्थीको सिर्जनशिलतामा कमी आउने , पढाई बिचैमा छाडनु पर्ने र शिक्षा सबै विधार्थीको पहुचमा नपुग्ने देखिन्छ ।
जसका कारण समग्र यस गाउँपालिका कै भविष्य अन्धकार देखिन्छ । त्यसैले यस गापाको बुद्धिजीवी, नागरिक समाज , अभिभावक, शिक्षक र सम्पूर्ण विधार्थीलाई गापाले गरेको गलत निर्णयको विरुद र विधार्थीको पढ्न पाउने अधिकारको रक्षाका निम्ति आन्दोलनमा सहभागी हुन हार्दिक आह्वान गर्दछु ।

७, गुणस्तरीय शिक्षाका लागि के गर्नु पर्ला ?
स्थानीय तहमा रहेको अधिकार सम्पन्न शिक्षा समितिमा प्रत्यक्ष सरोकार राख्ने बिधार्थी प्रतिनिधिको सहभागिता अनिवार्य छ । स्थानीय सरकारले आफनो भौगोलिक, सामाजिक, सांस्कृतिक अवस्थाको मुल्यांकन गर्दै स्थानीय तहलाई समृद्ध बनाउन चाहिने जनशक्ती उत्पादन गर्नु वर्तमान आवश्यकता हो । यस गापाभित्र बसोबास गर्ने सम्पूर्ण जाति समुदाय र वर्ग समेटिने शिक्षा बन्नुपर्छ । प्राविधिक व्यवसायिक र माटो सुहाउँदो शिक्षामा जोडदिनु पर्छ ।
८, कचनकवल विकासको दौरानमा छ, बिस्तारै सबै संकाय थप होला । फेरि आन्दोलन किन ?
विकास के लाइ भन्ने ? पछिल्लो समयमा जनप्रतिनिधिमा देखिएको समस्या बिकास भनेको भौतिक पूर्वाधार , बाटो, पुल कल्भर्ट बनाउनु मात्रै बिकास हो भन्ने बुझाईले समग्र शिक्षा , स्वास्थ्य, मानवीय जिवनस्तर र चेतनाको बिकासमा अवरोध गरिरहेको छ ।
आज पनि हाम्रो माग पुरा गर्न कुनै समस्या छैन । हिजोसम्म निस्वार्थ रुपमा आफ्नो खर्चमा सुपर स्प्लेण्डर बाइक चढ्ने जनप्रतिनिधी आज ६० देखी ७० लाखसम्म पर्ने गाडी चढेर हिड्नु हुन्छ । आर्थिक वर्ष २०७५/०७६ मा पदाधिकारीको इन्धन खर्च मात्रै १० लाख रकम र कार्यालय प्रयोजनको लागि मात्रै ३ लाख ८५ हजार गरी कुल १३ लाख ८५ हजार रकम छुट्याइएको थियो ।
साथै डाइभर र गाडी मर्मतमा मात्रै करिब १० लाख हाराहारी खर्च हुन्छ । त्यसैले कचनकवल गापामा रहेको ३ वटै सामुदायिक विधालयमा संकाय कटौती हैन बरु, संकायहरु थप्न सक्ने अवस्था देखिन्छ । जबसम्म नीति निर्माण गर्ने ठाउँमा भएका नेतृत्वले शिक्षामा लगानी बढाउँदैनन् तबसम्म त्यस क्षेत्रको बिकास सम्भव छैन । गत आ.व. को कुल बजेटको झण्डै ८० प्रतिशतको ७० प्रतिशत भन्दा बढि यातायातको पूर्वाधारमा थियो भने बिधार्थीको शिक्षामा लगानी गर्न गापा किन पछि परिरहेको छ ?
९, अन्त्यमा, गापालाई के सूझाव दिन चहानुहुन्छ ।
जनप्रतिनिधि भनेको निस्वार्थ रुपमा सेवा गर्ने उदेश्यले निर्वाचित हुनुभएको हो भन्ने स्मरण गराउन चाहन्छु । त्यसैले व्यक्तिगत राजनीतिक प्रभावमा नपरी समग्र जनताको पक्षमा काम गर्नु अनुरोध गर्दछु ।
तसर्थ, विधार्थीको पढ्न पाउने अधिकारबाट बञ्चित नगराउनका निम्ति यथाशिघ्र निर्णय सच्याइयोस् । नारायणहिटीबाट राजालाई खेदाउन सक्ने सामथ्र्य राख्ने सचेत विधार्थीले आफ्नो अधिकार रक्षाका निम्ति गाउँपालिका विरुद्ध जस्तो सुकै संर्घष गर्न पछि नहट्ने चेतावनी दिन चाहन्छु ।