बैशाख २३, २०८२ मंगलबार

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चियो ।

लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

सन्दीपका म्यानेजर रमन सिवाकोटीका अनुसार क्यारेवियन लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी भिसा हुँदा आउजाउ गर्न सहज हुन्थ्यो । फाइनल खेल फ्लोरिडामा हुने सम्भावना भएकाले अमेरिकी भिसा लिन खोजिएको थियो ।

तर दूताबासले भिसा दिन अस्वीकार गरेको थियो ।

सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगष्ट अन्त्यसम्म वेष्ट इण्डिज पुगिसक्नुपर्छ ।

प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]