धन्न गाडि काट्न पाएनन् गिरोहले

बिर्तामोड । झापा प्रहरीले वेवारिसे गाडी मेची भन्सारलाई बुझाएको छ । मेचीनगर–२ गाडागल्लीबाट सो सवारी वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो ।
गाडागल्लीको मिनी माउण्टेन टोलस्थित टाटा कम्पनीको भारतीय नम्बर प्लेट MH.14.DN.4704 भएको सवारी प्रहरीले भन्सारमा बुझाएको छ । विशेष सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिई बुझाएपनि चालक भने पत्ता लगाउन सकेनन् । झापा प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार चालक सम्पर्क बिहीन भएकाले मुचुल्का उठाएर प्रक्रिया अघि बढाइएको हो । सो गाडीमा मोटर पाट्स समेत भेटिएको प्रहरीको भनाई छ ।
सो क्षेत्रमा लामो समयदेखि सवारी साधनहरु काटेर त्यसका सरसामान नेपाली बजारमा पु¥याउने गरिएको जानकार बताउँछन् । सोकि कार्यका लागि गाडि त्यहाँ राखिएको हुन सक्ने अनुमान गरिएको छ ।