डाँगीको धुलावारी सरुवा
बिर्तामोड । विवादित शिक्षक घनश्याम डाँगीले धुलावारी सरुवा मिलाएर हाजिर गरेका छन् । बिर्तामोडस्थित बिर्ताबजारमा रहेको महेन्द्र रत्न माविमा सरुवा भई गएका डाँगीलाई अभिभावकले अस्वीकार गरेका थिए ।
अभिभावकको चरम विरोधपछि डाँगी धुलावारी माविमा सरुवा मिलाएर गएका छन् । नेपाल शिक्षक महासंघ झापाका पूर्व अध्यक्ष तेज प्रसाद चौलागाई प्रधानाध्यापक रहेको विधालयमा पुगेका डाँगी अर्जुनधाराको लक्ष्मी माविबाट सरुवा भई बिर्तामोडको महेन्द्र रत्न मावि गएका थिए ।
प्रक्रिया मिचेर महेन्द्र रत्न माविमा प्रवेश गरेका डाँगीका कारण प्रधानाध्यापक खड्ग खरेललाई व्यवस्थापन समितिले चेपुवामा पारेको थियो । लक्ष्मी माविमा कार्यरत रहँदा डाँगीले शैक्षिक हित विरुद्ध काम गरेको भन्दै त्यहाँबाट उनलाई विदा गरिएको हो । विवादमा परेको व्यक्ति हामी स्वीकार्दैनौ भनेका थियौं, उहाँ जानुभएछ – महेन्द्रका अभिभावक संघका अध्यक्ष छविलाल विश्वकर्माले भने ।