बैशाख २४, २०८२ बुधबार

पाथीभरा गोल्डकप : इलामकाे विजयी सुरुवात

SAMSUNG CSC

ताप्लेजुङ – लाखेजात्राको अवसरमा आयोजना गरिने पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संकरणको पहिलो दिनको पहिलो खेलमा ताप्लेजुङको घरेलु टिम पोमु केन्छाङ क्लबलाई रेर्डहर्स क्लब, इलामले शून्य-तीन गोलले पराजित गरेकाे छ । 

भानु माध्यमिक विद्यालयको प्राङ्गणमा भएको खेलको सुरुमै रेर्ड हर्सका पासाङ शेर्पाले खेल सुरु भएको ८ औ मिनेटमा १ गोल गर्दै अग्रता दिलाएका थिए । रेडहर्सका पपुवा न्यूगिनीका खेलाडी फोफोनाले १७ मिनेटमा १ गोल गर्दै टिमलाई २ गोलले अग्रता दिलाए। पछि फोफोनाले नै अर्काे गाेल गरेपछि नतिजा ३-० मा पुगेकाे हाे ।  

विदेशी खेलाडी फोफानाले म्यान अफ दि म्याच हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे। बिहीबारबाट सुरु भएको पाथीभरा गोल्डकपको उदघाटन जिल्ला समन्वय समितिका संयोजक घरेन्द्र मादेनले गर्नुभएको थियो ।

खेल अगाडि विभिन्न जातजातिका झाँकी तथा रष्ट्रियता झल्कने खालका गीतमा नृत्य प्रतियोगिता गरिएको थियो । 

खेलमा प्रथम हुने टिमले ५ केजी चाँदी तथा ३ तोला सुनजडित कपसहित ३ लाख ११ हजार रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैँया पाउने आयोजकले बताएका छन् ।  

प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]