बैशाख २३, २०८२ मंगलबार

झापामा कृषकले दुधको उचित मुल्य पाएनन्, फ्याट कम नलेख्दा कर्मचारी निलम्बन


शरणामती । गाईको दाना चोकर र परालको मुल्य बढेसँगै दुधको मुल्य नपाएपछि दक्षिणी झापा शरणामतीका दुग्ध कृषकहरु मारमा परेका छन् ।


दुग्ध चिस्यान केन्द्रले कहिले दुध होलिडे त कहिले बजार मुल्य भन्दा ज्यादै कम मुल्य दिएपछि आफुहरुले सहकारीबाट ऋण गरेर सुरु गरेको गाईपालन पेशा संकटमा परेको कृषकको गुनासो रहेको छ । यस क्षेत्रमा झापा गाउँपालिका ६, ७, ३ र ४ नम्बर वार्डका २५० कृषकले व्यावसायिक गाई तथा भैसीपालन गरि नेपाल बहुउद्देयीय सहकारी संस्थाद्धारा संचालित एनएमसी दुग्ध डेरीलाई दुध विक्री गर्दै आएका छन् ।

पहिले दुग्ध डेरीका संचालकहरुले गाई पाल्नुहोस्, हामी जतिपनि दुध खरिद गरिदिन्छौ अब कृषकले टाई र सुटमा ढाटिएर हिड्ने हो भने हाल ऋण गरेर पालेको गाईको प्रतिकिलो ४० रुपैँया पनि दाम दिदैनन् । उनीहरु भने क्रिम निकालेको दुध ७० रुपैँयाले बजारमा बिक्री गर्छन्, स्थानीय सरद तिम्सिनाले भने ।


दुग्ध चिस्यान केन्द्रले फ्याट नापेर दुधको मुल्य दिने बताएपनि फ्याट बढी भएमा कम बनाएर लेख्ने र कम भएमा त्यतिनै दिने गरेको तिम्सिनाले गुनासो गरेका छन् । यता, दुग्ध चिस्यान केन्द शरणामतीका कर्मचारी चन्द्रप्रसाद दंगालले आफुले कृषकको दुधको फ्याट कम लेख्न नमान्दा चिस्यान केन्द्रले हालै १५ दिन कामबाट निलम्बन गरिदिएको गुनासो गरेका छन् ।


कृषकलाई दुधको दाम बढाउ भनेको थिए । बरु कर्मचारीलाई दर्सै बोनस दिने प्रस्ताव आयो मैले यसो नगरौ भन्दा उल्टै मलाई निलम्बन गरियो दंगालले सुनाए ।
यता स्थानीय दलबहादुर खड्काले आफुले वढी फ्याट आउने आशले भैसीपालन गरेर दुध लैजादा समेत प्रतिकिलो ४८ रुपैँया भन्दा वढी रकम कहिले नपाएको बताएका छन् । दिनभर घास काट्यो दुध विक्री गर्दा मिहिनेतको दाम पनि आउँदैन कसरी घरखर्च चलाउनु कसरी बैँकको किस्ता तिर्नु खड्काले भने ।


पहिले भैसीको दुधको प्रतिलिटर ७५ रुपैँया आउँछ भनेर भैसी पालेको हँु आधा पनि दाम आएन खड्काको गुनासो गरेका छन् । कृषक दुर्गा तामाङ्गले समाचारमा दुधको भाउ बढेको सुनेर खुसी भएपनि आफुले दुधको मुल्य बुझ्ने वेलामा जहिल्यै मन अमिलो बनाउनु परेको गुनासो गरेका छन् ।


पूर्वपश्चिम राजमार्गदेखि १२ किलो मिटर दक्षिणमा रहेको यस क्षेत्रको चिस्यान केन्द्रमा केहि महिना पहिलेसम्म हरेक दिन २ हजार लिटर भन्दा बढी स्थानीयले दुध विक्रीका लागि ल्याउने गरेपनि दुधको मुल्य नपाउदा अहिले दैनिक १ हजार लिटरमात्रै दुध विक्रीका लागि कृषकले ल्याउने गरेका छन् ।

केहि अगुवा कृषकले दुधको मुल्य नपाएपछि छिमेकी भारतको बिहार राज्यस्थित डिघल बैँक , धनतोला , हरुवाडंगा क्षेत्रसम्म दुध विक्रीका लागि लैजाने गरेका छन् । तर भारतीय सिमा सुरक्षा वल एसएसबीले जहिल्यै दुध लैजान नदिने हुदाँ समस्यामा परेको कृषकको गुनासो छ ।


भारतमा भने नेपाली ६४ रुपैँयामा दुध विक्रि हुने गरेको कृषकको भनाई छ । अघिल्लो बर्ष सोहि दुग्ध चिस्यान केन्द्रले दुध खरिद नगरिदिदाँ स्थानीय कृषकले सडकमै दुध पोखेर विरोध जनाएका थिए ।

राजमार्गदेखि १२ किलो मिटर दक्षिणमा रहेको यस क्षेत्रको चिस्यान केन्द्रमा केहि महिना पहिलेसम्म हरेक दिन २ हजार लिटर भन्दा बढी स्थानीयले दुध विक्रीका लागि ल्याउने गरेपनि दुधको मुल्य नपाउदा अहिले दैनिक १ हजार लिटरमात्रै दुध विक्रीका लागि कृषकले ल्याउने गरेका छन् ।

केहि अगुवा कृषकले दुधको मुल्य नपाएपछि छिमेकी भारतको बिहार राज्यस्थित डिघल बैँक , धनतोला , हरुवाडंगा क्षेत्रसम्म दुध विक्रीका लागि लैजाने गरेका छन् । तर भारतीय सिमा सुरक्षा वल एसएसबीले जहिल्यै दुध लैजान नदिने हुदाँ समस्यामा परेको कृषकको गुनासो छ ।


भारतमा भने नेपाली ६४ रुपैँयामा दुध विक्रि हुने गरेको कृषकको भनाई छ । अघिल्लो बर्ष सोहि दुग्ध चिस्यान केन्द्रले दुध खरिद नगरिदिदाँ स्थानीय कृषकले सडकमै दुध पोखेर विरोध जनाएका थिए ।

प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]