असार १०, २०८२ मंगलबार

मेची अस्पताललाई मेडिकल कलेज बनाउन सबैको ऐक्यवद्धता

बिर्तामोड । प्रदेश १ मा मेची र कोसी दुई वटा अञ्चल अस्पताल छन् । कोसी अस्पताललाई सङ्घीय सरकारले आफ्नो मातहतमा राखेको छ भने मेची अस्पताललाई प्रदेश सरकारको मातहतमा दिएको छ ।

यससँगै मेचीलाई प्रादेशिक अस्पताल बनाउने छलफल सञ्चालन भइरहेको छ । सञ्चालक तथा व्यवस्थापन समितिले अस्पतालको स्तरोन्नति गरी मेडिकल कलेज वनाउन पटक पटक मन्त्री तथा राजनीतिक दलसँग छलफल गरिरहेको छ । तर, यसले मूर्त रुप लिन पाएको छैन ।

अहिले फेरि त्यो प्रस्ताव अघि सारिएको छ ।  प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा अस्पतालमै प्रदेश सांसद, राजनीतिक दलका प्रतिनिधि, पूर्वअध्यक्ष, स्वाथ्यकर्मी, उद्योगी, प्रहरी–प्रशासनसँग अन्तरक्रिया भएको हो । कार्यक्रममा अस्पताललाई स्तरोन्नति गर्दै मेडिकल कलेज बनाउन सबैले ऐक्यवद्धता जाहेर गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मेचीलाई मेडिकल कलेजसहित प्रादेशिक अस्पताल बनाउन सरकार तयार रहेको बताउनुभयो । ‘मेचीलाई मेडिकल कलेजसहित प्रादेशिक अस्पताल बनाउने विषयमा म आफै अगाडि बढ्ने छु’, मन्त्री कार्कीले भन्नुभयो, ‘यसमा जिल्लाका सङ्घीय तथा प्रदेश सांसद र राजनीतिक दल पनि एकजुट भएर अघि बढ्नु पर्ने हुन्छ ।’ मन्त्री कार्कीले ६१ वर्ष पुरानो मेची अस्पतालमा सञ्चालनमा रहेको १३४ बेडलाई बढाएर ३०० बेड बनाउँदै यसलाई मेडिकल कलेज बनाउने विषय प्रदेश सरकारको दायित्वमा पर्ने बताउनु भएको छ । 

प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार  १० : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]