बैशाख २०, २०८२ शनिबार

शिवसताक्षीमा सिमाना विवादको मुद्दा धेरै

बिर्तामोड । शिवसताक्षी नगरपालिका झापामा आर्थिक वर्ष ०७५/७६ मा ४६ थान मुद्दा दर्ता भएको उपप्रमुख एवम् न्यायिक समिति संयोजक भोजकुमारी नेपालले जानकारी दिएकी छन् ।


न्याय सम्पादनको जिम्मेवारी पाएको स्थानीय तहमा सबैखाले मुद्दा आउन थालेको उपप्रमुख नेपालको भनाई छ । उनले कार्यविधिले तोके अनुसार न्याय सम्पादन भइरहेको जानकरी दिएकी छन् । शिवसताक्षीमा जग्गा सिमाना विवादको मुद्दा धेरै दर्ता भएको पाइएको छ ।जग्गा विवाद, माना चामल, घरेलु हिंसा, लेनदेन र अंश मुद्दामा धेरै जसो मुद्दा दर्ता भइरहेको उनको भनाई छ ।
आ.व.०७५/७६ मा नगरले १५ वटा मुद्दा मिलापत्र गराएको छ ।

मेलमिलापको लागि सम्बन्धित वडाको केन्द्रमा पठाइएको विवाद १० थान, कारवाही प्रक्रियामा १० र जानकारी प्राप्त निवेदन ६ थान रहेको न्यायिक समितिले जनाएको छ ।
न्यायिक समितिमा न्याय सम्पादन संभव नभएपछि ३ थान मुद्दा अदालत पठाएको उपप्रमुख नेपालले बताएकी छन् । तारेख गुजारी खारेज भएका विवाद २ थान रहेको छ ।


सिमाना मिचेको विवाद १०, मानाचामल ७, घरेलु हिंसा ६, लेनदेन ६, अंश सम्बन्धि ५, घर टहरा हटाउने २, बाँकी बक्यौता उठाई पाउ २, सहमति कार्यान्वयन गरी पाउँ २, पालन पोषण सम्बन्धी १,श्रीमति झिकाई छलफल गराई पाउँ १, निर्माण कार्य रोक्का १, गाली गलौज १, सम्बन्ध विच्छेद् १ र शैक्षिक क्यालेण्डर १ थान गरी जम्मा ४६ थान मुद्दा नगरमा दर्ता भएको थियो ।

प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]