मिनिरलभन्दा बिर्तामोड खानेपानीको पानी गुणस्तरीय
बिर्तामोड । वोतलमा भरिएको २० रुपैयाँमा किनेर खाने पानीभन्दा विर्तामोड खानेपानीले उपभोक्ताको घर–घरको धारामा पठाएको पानी गुणस्तरीय पाइएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाका अनुसार विर्तामोडमा परिक्षण गरिएका मिनरलवाटर भनिएका पानीभन्दा विर्तामोड खानेपानीको पानी अव्वल पाइएको हो ।
‘एक लिटरको २० रुपैयाँ तिरेर खरिद गरिने पानीभन्दा दुई सय रुपैयाँमा तिरेर १० हजार लिटर उपभोक्ताले पाउने पानी नै गुणस्तरीय रहेछ’, अध्यक्ष सुव्वाले भने, ‘डव्लुएचओको अन्तर्राष्ट्रिय मान्यतामा पानीमा ६ दशमलव ५ देखि ८ पीएचसम्मको पानी पिउनका लागि योग्य हो, विर्तामोड खनेपानीको पानीमा ६ दशमलव ८ पीएच पाइएको छ । विर्तामोडमा मिनरलवाटर खानुभन्दा खानेपानीको धाराको पानी ढुक्कले थापेर खाए हुन्छ ।’