बैशाख २४, २०८२ बुधबार

बिर्तामोडमा ब्राउन सुगरसहित क्षेत्री पक्राउ

बिर्तामोड । प्रहरीले ब्राउन सुगरसहित बिर्तामोडबाट आज एक जना युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले विशेष सूचनाका आधारमा सादा पोसाकका प्रहरी परिचालन गरी बिर्तामोड– ५ का राम क्षेत्रीलाई पक्राउ गरेको हो ।


आज विहान ९ः३० बजे बिर्तामोडको ईलाम स्टेण्ड छेउबाट २८ वर्षीय क्षेत्रीलाई बा १६ च १६९३ नम्बरको रातो रंगको वाइगनर कारभित्र लुकाई छिपाई राखेको ५२ ग्राम ब्राउन सुगर सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको छ ।


प्रहरीले क्षेत्रीको साथबाट ५२ ग्राम ब्राउन सुगर, बा १६ च १६९३ नम्बरको रातो कार, डिजिटल तराजु १ थान, नगद ६ हजार ५ सय र इन्डियन ड्राइभिङ्ग लाइसेन्स १ थान बरामद गरेको छ ।

प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार  ५ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]