शिक्षा, स्वास्थ्य र कृषि यो वर्षको प्राथमिकतामा
स्थानीय सरकार नयाँ कार्यक्रम निर्माण गरेर स्थानीय तहको विकासमा लागिसकेका छन् । जनप्रतिनिधि आर्थिक वर्ष ०७६/७७ को बजेट नीति तथा कार्यक्रम पारित गरेर कामको मैदानमा उत्रिसकेका छन् । हरेक स्थानीय सरकारसँग नागरिकको अपेक्षा धेरै छ । अपेक्षा एकातिर, काम अर्का तिर भइरहेको समयमा शिवसताक्षी नगरपालिकाले चालु आर्थिक वर्षमा के कस्ता कार्यक्रम अघि बढाएको छ त ? नागरिकको विचमा शिवसताक्षी कस्ता कार्यक्रम सहित अघि बढ्दैछ । यसै सन्दर्भमा नगरको उपप्रमुख भोज कुमारी नेपालसँग गरिएको सक्षिप्त कुराकानी :

१, चालु आर्थिक वर्षमा शिवसताक्षी नगरपालिकाले कस्ता विकास योजनालाई प्राथमिकता दिएको छ ? बजेट कस्तो बनाउनु भएको छ ?
चालु आर्थिक वर्षमा हामीले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएका छौं । गत आर्थिक वर्षमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएका थियौ, भने यो वर्ष शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएका छौं । शिक्षामा १ करोड २० लाख छुट्टाएका छौं । कृषि क्षेत्रको लागि १ करोड छुट्टाएका छौं । स्वास्थ्यमा पनि हामीले ८० लाख बजेटको व्यवस्था गरेका छौं ।
२, प्रदेश र संघीय सरकारसँगको समन्वय कस्तो हुदैछ ?
स्वभाविक रुपमा सहकार्य र समन्वय भइ नै हाल्छ । विकासमा हामीले साझेदारी गरिरहेका छौं । पुल कल्भर्ट बनाउदा पनि साझेदारी गरेका छौं । कालोपत्रे सहित सडक निर्माणमा सहकार्य भइरहेको छ । केहि–कहि विकास आयोजना प्रदेश र संघले आफ्नै हिसावले पनि गरिरहेको छ । संघ र प्रदेश सरकारले आफुखुशी काम गरिरहेको पनि महसुस गरेका छौं । अब,स्थानीय सरकारमा विकास योजना ल्याउँदा संघ र प्रदेशले समन्वय गर्नुपर्छ । यो भूमिमा आयोजना ल्याउदा मसिनोसँग सहकार्य गर्नुपर्छ भन्ने मैले ठानेको छु ।
३, शिक्षालाई प्राथमिकतामा राखेको भन्नुभयो , कार्यक्रम कस्तो बनाउनु भएको छ ?
समग्र शिक्षा क्षेत्रको सुधारमा स्थानीय सरकार योजनावद्ध रुपमा लागेको छ । विधालयहरुको संरचना सुधारका लागि आवश्यकताका आधारमा पूर्वाधार निर्माणलाई जोड दिएका छौं । अधुरा विधालय भवन, कम्पाउण्ड निर्माणदेखि मर्मतसम्मको काम चलिरहेकै छ । सँगै गुणस्तरीय शिक्षा योजनाको मुल पाटो हो । गुणस्तरीय शिक्षाको लागि अंग्रेजी माध्यमलाई पनि एउटा आधार बनाएका छौं । बाल विकासलाई पनि सँगै अघि बढाइरहेका छौं ।
४, स्वास्थ्यको लागि विनियोजन गरेको बजेटबाट के गर्दै हुनुहुन्छ ?
स्वास्थ्य नागरिकको सबैभन्दा महत्वपूर्ण मामिला हो । त्यसैले पहिलो लक्ष्य चाहीँ सबै वडामा स्वास्थ्य सुविधा पु¥याउने जमर्को गरिरहेका छौं । नगरको सबै वडामा स्वास्थ्य चौकी पु¥याउने तयारी छ । यस पटक ४ वटा थपिएका छन् । ३, ५, ७ र ८ नम्वर वडामा स्वास्थ्य सेवा विस्तार गरेका छौं । ११ नंम्बर वडामा रहेको स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालको रुपमा विकास गर्ने सोच बनाएका छौं ।
५, भौतिक पूर्वाधार विकासको क्षेत्रमा चालु आर्थिक वर्षमा के–कस्ता काम गर्ने तयारीमा हुनुहुन्छ ?
स्थानीय सरकार गठन भएपछि , स्थानीय सरकार स्थापित भएपछि हामीले नगर गौरवको आयोजना भनेर रिङ रोडको अवधारणा बनायौं । त्यसलाई बहुवर्षे योजनाका रुपमा काम थाल्यौं । चार भागमा विभाजन गरेर थालिएको काममा पहिलो चरणमा २ करोड छुट्टायौं । धरमपुर, पाराबारी, विश्वडुब्बा र माइधारबाट रिङरोडको काम थालियो । पहिलो वर्ष स्तरोन्नति सम्पन्न गरियो । दोस्रो चरणमा पनि चार ठाउँबाटै पुनः २ करोड छुट्टाएर स्तरोन्नतिको काम पुरा गरियो । हामीले यो वर्षबाट कालोपत्रे गर्न शुरु गरेका छौं । अबको तिन वर्षमा कालोपत्रे सकेर रिङ रोड पुरा गर्ने संकल्पका साथ काम अघि बढाइएको छ । धरमपुरबाट कालोपत्र गर्ने काम शुरु भइसकेको छ ।
६, शिवसताक्षी नगर पर्यटकीय स्थलको रुपमा पनि सम्पन्न छ । यहाँको पर्यटकीय क्षेत्रमा के गर्ने सोच बनाउनु भएको छ ?
हामीले पहिलो वर्ष नै दोमुखा, शिवताक्षीधाम र चिल्लागढलाई त्रिधामको रुपमा अघि बढाइसकेका छौं । गुरुयोजना निर्माणका लागि चिल्लागढलाई १५ लाख, सताक्षीधामलाई २० र दोमुखालाई पनि २० लाख छुट्टाएका थियौं । पहिलो वर्ष गुरुयोजना मात्र निर्माण ग¥यौ । दोस्रो वर्षमा दोमुखा र सताक्षीधाम धार्मिक क्षेत्रका लागि ५०/५० लाख विनियोजन गरियो । सो अनुसारको काम पनि सम्पन्न भइसकेको छ ।
धाम जानेबाटोमा ड्रेन निर्माण र टायल ओच्छ्याउने काम भएको छ । सोहि क्षेत्रमा ४० घनको गोवर ग्यास निर्माण गरेका छौं । बुद्धपार्क जाने बाटोमा प्रदेश सरकारको सहयोगमा ट्रस्ट व्रिज बनाएका छौं । यो वर्ष पनि शिवसताक्षी धामका लागि ४० लाख छुट्टाएका छौं । त्यस्तै दोमुखालाई पहिलो वर्ष ५० र दोस्रो वर्ष पनि ५० लाख छुट्टायौं । त्यहाँ चिल्डे«न पार्क बनिसकेको छ । गुरुयोजनामा भएका योजनाहरुको कामको थालनी भएको छ । र, चिल्लागढमा घेरावाराको काम गरेका छौं । त्यहाँ १५ लाख विनियोजन गरिएको थियो ।
७, यो नगरले ल्याण्डफिल्ड साइडको निर्माण कहाँ पु¥यायो ?
हामीले कनकाई नदीको नजिकै जग्गा लिएका छौं । ल्याण्डफिल्ड निर्माणको लागि खरिद गरेको जग्गालाई यो वर्ष घेरावारासम्म गर्ने हाम्रो सोच छ ।
८, शिवसताक्षीभित्र अव्यवस्थित बसोवास गर्नेको व्यवस्थापन गर्ने कुरा कहाँ पुग्यो ?
हो, अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने तयारी गरेका हौं । त्यसै अनुसार काम नगरमा हामीले समिति पनि बनायौं । समिति धन बहादुर थेवेको संयोजकत्वमा बन्यो । हामीले समिति बनाई सकेर नीति पनि तयार गरेर काम शुरु गरेको अवस्था थियो । तर, केन्द्र सरकारले राधाकृष्ण खनालको संयोजकत्वमा अर्को पनि समिति बनायो । अन्य, साविक गाविसमा समेत काम गर्ने गरी धनीपूर्जा वितरण समिति बन्यो ।
केन्द्र सरकारले अधिकार सम्पन्न समिति बनाएपछि यहाँको समितिले सहयोग मात्र गर्न सक्ने भयो । त्यसपछि यहाँको समितिले तथ्याङक संकलन गर्न थाल्यो । सहयोग मात्र गर्न सक्ने भएपछि धनीपुर्जा वितरण यहाँबाट नहुने भयो । विनियमका बारेमा दुई पक्ष बिच सहकार्य हुनेगर्छ । काम भइरहेको छ , वर्खाले जग्गाको नापजाँच रोकिएको छ । काम अन्तिममा पुगेपछि धनीपुर्जा वितरण गर्नेछौं ।
९, नदीनालाले घेरिएको स्थानीय तह शिवसताक्षीले जोखिम कम गर्न के ग¥यो ?
हामीले समय मै सडकको निर्माण सकेका छौं । विशेष गरी नदीनालाको नजिक क्षेत्रमा रहेको सडक मर्मत गरेर उत्पन्न हुन सक्ने जोखिम कम गर्ने प्रयास ग¥यौ । गत वर्ष जस्तो क्षति यो वर्ष स्थानीय तहले व्यहोर्नु परेन । एक जना बालकको मृत्यू भयो । विगतमा हुने गरेको क्षति कम गर्न स्थानीय सरकार प्रयासरत छ ।
एक ठाउँमा बाँध भत्कियो, पहिले जस्तो धानवालीमा पनि क्षति भएको छैन । समग्रमा यो वर्ष गरेका कामले नदीबाट ठुलो क्षति हुन पाएन । वर्खायाममा क्षति भएका संरचना निर्माणमा स्थानीय नगर आफै जुटेको छ । जहाँ अवर, त्यहाँ नगर भन्ने उद्देश्य सहित काम गरिरहेका छौं । कतिकतै, साह्रो, गाह्रो अप्ठ्यारो भइहाल्यो भने नगरले तत्काल त्यसको समाधान गरिदिन्छ । नगरको सहभागिता तत्काल उपलब्ध गराउँदछौं ।
१०, यहाँका धेरै नागरिक कृषिमा आकर्षिक छन् । कृषकका लागि विशेष त्यस्ता के कार्यक्रम सञ्चालन गरिएका छन् ?
कृषि क्षेत्रमा विशेष गरी हामीले अर्गानिक उत्पादनलाई जोड दिएका छौं । नगरमा अर्गानिक उत्पादन गरेर कृषि क्षेत्रलाई भिन्नै पहिचान स्थापित गर्न चहान्छौं । यहाँ सिचाईको सुविधा छ । पर्याप्त खेती योग्य जमिन छ । नगरभित्र विउविजक केन्द्र छ । विउविजनको अभाव पनि छैन । बजारको समस्या छ ।
तर, नगरले अर्गानिकमा उत्पादनमा जोड दिएर बजारमा लैजाने सोच बनाएको छ । जैविक र अर्गानिक उत्पादन भयो भने किसानले उत्पादन गरेको कृषि वस्तु सहजै बजारमा लैजान सकिन्छ । मल पनि जैविक उत्पादन गर्न किसानलाई उत्प्रेरित गर्नेछौं । यो वर्ष केन्द्र सरकारको सहयोगमा १ हजार विगाहमा ब्लक निर्माण गरेर काम गर्ने कार्यक्रम पनि छ । आधुनिक कृषि प्रणालीमा जान किसानलाई आव्हान पनि गरिएको छ । कृषि अब अप्ठ्यारो होइन, सजिलो पेशा बनाउने स्थानीय सरकारको सोच छ । त्यहि बमोजिम हामीले कृषिलाई विशेष प्राथमिकतामा राखेका छौं ।
११, ब्लकमा के–के हुन्छ ?
ब्लकमा काम गर्न समिति नै निर्माण भएको छ । समितिले ब्लकमा के–के गर्ने भन्ने आफै तय गर्छ । धेरै किसानको जग्गालाई एकै ठाउँमा राखेर उत्पादन लगाइन्छ । किसानले म यो वा त्यो रोप्छु भन्न मिल्दैन । जमिनको आकार र सिजनसँगै उत्पादनका दृष्टिले राम्रो उत्पादन हुने कृषि वस्तु लगाइन्छ । केन्द्र सरकारले सहयोग गर्ने ब्लकमा राम्रो नतिजा आयो भने अन्य समय पनि सरकारको सहयोग मिल्नेछ । त्यसको अनुगमन स्थानीय सरकारले गर्नेछ ।
१२, न्यायिक समितिमा न्याय सम्पादनको काम कसरी गर्दै हुनुहुन्छ ?
यहाँ पहिलो वर्ष ९८ वटा मुद्दा आए । त्यसमा ६२ वटा मुद्दा किनारा लगाएका छौं । केहि मुद्दा त्यहि समयदेखि तानिदै आएका पनि छन् । धेरै मुद्दा स्थानीय तहबाटै छिन्ने गरेका छौं । अहिलेसम्म आएका मुद्दामा ३ वटा मुद्दा अदालत गएका छन् । बाँकी सबै मुद्दा यहिबाट सकेका छौं । कतिपय मुद्दा अदालतबाट पनि स्थानीय तहबाटै मिलाउने भन्दै फर्केर आएको घटना पनि छ । आज मात्रै, २ वटा मुद्दा सकेका छौं । यस वर्ष पनि ४६ मुद्दा दर्ता भएका थिए । आ.व.०७५÷७६ मा नगरले १५ वटा मुद्दा मिलापत्र गराएको छ । मेलमिलापको लागि सम्बन्धित वडाको केन्द्रमा पठाइएको विवाद १० थान, कारवाही प्रक्रियामा १० र जानकारी प्राप्त निवेदन ६ थान छन् ।
सिमाना मिचेको विवाद १०, मानाचामल ७, घरेलु हिंसा ६, लेनदेन ६, अंश सम्बन्धि ५, घर टहरा हटाउने २, बाँकी बक्यौता उठाई पाउ २, सहमति कार्यान्वयन गरी पाउँ २, पालन पोषण सम्बन्धी १,श्रीमति झिकाई छलफल गराई पाउँ १, निर्माण कार्य रोक्का १, गाली गलौज १, सम्बन्ध विच्छेद् १ र शैक्षिक क्यालेण्डर १ थान गरी जम्मा ४६ थान मुद्दा नगरमा दर्ता भएको थियो । वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । त्यसका लागि हामीले तालिम प्रदान गरेका छौं । वडामा मुद्दा दर्ता गर्ने व्यवस्था छैन । त्यसैले प्रक्रियामा वडाहरुसँग राम्रै समन्वय भइरहेको छ ।
१३, मेयर साव, चन्द्र शेर्मा के का लागि जापान जानु भएको हो ?
मेयर साव जाइका भन्ने जापानिज संस्थाको निमन्त्रणमा कृषि क्षेत्रको अध्ययन भ्रमणमा जानु भएको हो । आम नागरिक कृषि क्षेत्रमा संलग्न भएकाले यहाँका प्रमुखलाई जापानको कृषि अवलोकन गराउन लगेको हुनुपर्छ ।
१४, चालु आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य कति हो ?
गत वर्षसम्म नदीजन्यको ठेक्का जिल्ला समन्वय समिति झापाले लगाउँदै आएको थियो । यो वर्षबाट आफ्नो नगरमा पर्ने नदीको ठेक्का हामी आफै लगाउँदै छौं । माइमेला ठेक्का लगाइन्छ । नदीको गिट्टी बालुवा मात्र होइन, माछा पनि ठेक्का लगाउँछौं । पर्यटकीय क्षेत्रबाट पनि आम्दानीको स्रोत बढ्नेछ । गुरुयोजना अनुसार काम भयो भने पर्यटकीय गन्तब्य नै आम्दानीको मुख्य स्रोत हुनेछन् । सिमसार क्षेत्र अर्थात नगरले लगानी गरेको ठाउँबाट पनि रिटर्न आउनेछ । कृषि ब्लकबाट पनि लगानी अनुसारको रिटर्न दिनेछ भन्ने विश्वास छ । कृषि सहित विभिन्न क्षेत्रमा उत्पादन बढ्यो भने पनि नगरलाई आम्दानी स्रोत बन्नेछ ।
१५, बहाल करको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
गत वर्ष बहाल कर उठाएनौं । यो वर्ष नीतिमा बहाल करको व्यवस्था गरेका छौं । अब कार्यान्वयन पनि गर्छाैं । हरेक घरमा गएर हामी बहाल करको दायरामा ल्याउँछौं । व्यवसाय गर्नेले व्यवसाय कर बुझाउनु भएको छ । बहाल कर बुझाएको अवस्था छैन । सबै व्यवसायी पनि करको दायरामा आउनु भएको छैन । ऐलानी जग्गामा ठुला घर बनाएर बस्नेसँग पनि स्थानीय सरकारले कर लिन पाउने व्यवस्था छ । अब, उहाँहरुलाई पनि करको दायरामा ल्याउछौं । यिनै क्षेत्रहरुबाट करको व्यवस्थापन गर्दै जानेछौं ।
१६, अन्त्यमा, शिवसताक्षीवासीलाई उपमेयरको तर्फबाट के सन्देश दिनु हुन्छ ?
करले होइन, रहरले कर तिरौं भन्न चहान्छु । आफ्नो स्थानीय तहलाई मजवुद बनाउन कर तिनुपर्छ । त्यसैले स्थानीय सरकारले पनि चाहे जस्तो विकास गर्न सक्छ । यहाँ शिवसताक्षीलाई उकास्ने भनेको जनताले नै हो । जनप्रतिनिधि एक्लो लागेर केहि संभव छैन । त्यसैले स्थानीय सरकार र जनप्रतिनिधिलाई साथ दिन, स्थानीय सरकारले ल्याएको नीति कार्यक्रममा सहयोग पु¥याउन अपील गर्दछु ।