बैशाख २४, २०८२ बुधबार

निर्माणाधीन बिर्तामोड–भद्रपुर सडकखण्डको नालीमा डुबेर एक महिलाको मृत्यु

बिर्तामोड । आशिष–प्रेरा जेभीले निर्माण गरिरहेको बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत बिर्तामोड–३ सैनिक मोडमा रहेको मेची आँखा अस्पताल नजिकै खनिएको नालीको पानीमा डुबेर महिलाको मृत्यु भएको हो । महिला नालीमा कसरी डुबिन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

निर्माणाधीन सडकको छेउको नालीमा राईको शव तैरिरहेको देखेपछि स्थानीयवासीले आज बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले महिलाको शवलाई उठाउन खोज्दा स्थानीयले दिएका छैन । सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । सडक डिभिजन कार्यालय दमकका कर्मचारी आएपछि छलफल गरेर मात्र शव उठाउन दिने स्थानीयको माग रहेको छ ।

प्रकाशित मिति : भाद्र ६, २०७६ शुक्रबार  १ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]