लघुवित्तको ऋणसँगै मृत्यू पनि : सम्पादकीय
मानवीय सोच सामान्यतयःसुख, शान्ति र अमनचयन नै हुन्छ । हरेक नागरिक शान्तिपूर्ण जीवन सुखमय हिसावले ज्यून चहान्छन् । यसरी ज्यून चहानेको सपना न्यून मात्रै पुरा हुने गर्छ । सोचेजस्तो आर्थिक जीवन नहुँदा धेरैले सपनाहरु पुरा गर्न ऋणको भारी बोक्ने गर्छन । ठुलो व्यापार व्यवसाय गर्नेलाई ऋण ठिकै हुनेगर्छ । ऋणको पैसाले पैसा कमाउने गर्छन् । तर, सपना पुरा गर्ने परिवार जसको आम्दानीको स्रोत हुदैन , उनीहरुको लागि भने ऋण मृत्यू पनि बन्ने गरेको उदाहरण छ । पछिल्लो समय आवश्यकता र महत्वकांक्षी जीवनशैलीले धेरैलाई आर्थिक बोझ पनि बोकाई रहेको छ ।

गाउँगाउँमा अहिले सजिलै ऋण दिन लघुवित्त संस्था प्रवेश गरेका छन् । ह्वात्तै संख्या पनि ऋण दिनेको बढ्दैछ । सामान्य जीवन शैलीको परिवारमा पनि ऋणको बोझ छ । गाउँमा प्रायःऋणी विनाको परिवार नै छैनन् । आर्थिक स्रोत नभएका परिवारलाई पनि लघुवित्तले सहजै ऋण उपलब्ध गराएको छ । सामुहिक जमानीमा ऋण प्रवाह गर्ने लघुवित्त संस्थाहरु चर्को व्याज असुलिरहेका छन् । उनीहरुको धन्दा आम नागरिकको जीवनमा परिवर्तन ल्याउने भन्दा पनि चर्को व्याजबाट असुल्ने मात्र हो । गाउँमा लघुवित्तको ऋण लिएर प्रगति गर्ने भेट्न कठिन छ ।
एक जमाना थियो, पञ्चेहरुको । १ सयमा २ वटा शून्य थपेर अनपढ, निरिह नागरिकसँग असुली गर्ने । त्यसरी धेरै परिवारको जमिन उडेको छ । धेरै भूमिहीन सुकुम्वासी भइसके । त्यहि संकेत लघुवित्तहरुले पनि गर्दै आएका छन् । लघुवित्तले अशिक्षित परिवारमा गएर ऋण दिइरहेको तथ्याङक बढी छ । यसको लक्ष्य पनि गरिव, विपन्नलाई नै ऋण दिने र चर्को व्याज असुल्ने हो । यसै कारण झापामा दुई जनाभन्दा बढिले आत्महत्या गरेका छन् । धेरै परिवार पनि विस्थापित बन्नुपरेको छ । दुखले जोरजाम गरेर जीवन चलाइरहेको परिवारलाई मृत्यूसम्म पु¥याउने , विस्थापित गराउने र सडक मै पु¥याइदिने व्यवहार बन्द हुनुपर्छ । लघुवित्तको ऋण र मृत्यू उस्तै नबनाइयोस् ।