जापानको कृषि अध्ययन भ्रमणमा झापाका चार पालिका प्रमुख
बिर्तामोड । झापाका चार स्थानीय तहका प्रमुख सहित १६ जना जापानको कृषि अध्ययन भ्रमण गरिरहेका छन् ।
जाइकाको सहयोगमा झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्मा, कमल गाउँपालिकाको अध्यक्ष मेनका काफ्ले, गौरादहका प्रमुख रोहित शाह र गौरीगञ्जका अध्यक्ष बाबुराजा श्रेष्ठ सहित सिंचाई विभागका ३ जना प्रतिनिधि, कनकाई सिंचाईका ईन्जिनियर–२ जना , कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराई र कनकाई नहरका जल उपभोक्ता समूह उपसमुहका अध्यक्ष र प्रतिनिधिबाट – ६ जना अध्ययन भ्रमणमा गएका हुन् ।

जापानिज संस्था जाइका , जापान र नेपाल सहयोग नियोग अन्तर्गत कनकाई सिचाई प्रणालीको पानीको सदुपयोगमा सुधार गर्ने उद्देश्य राखेर आगामी बर्ष देखि जाइकाले कनकाई नहरले सिंचित हुने क्षेत्रमा कार्यक्रम संचालन गर्नेछ । सोहि क्षेत्रका प्रतिनिधिलाई जाइकाले जापानको कृषि क्षेत्रको अध्ययनका लागि लगेको भ्रमण दलमा रहेका ज्ञान केन्द्रका प्रमुख भट्टराईले जानकारी दिए । ९ दिने भ्रमणमा रहेको सो टोली अगष्ट १७ देखि २५ सम्मको भ्रमणमा गएको हो ।

विश्व सम्पदा सुचिमा सुचिकृत पुमोरी प्रान्तको चिगारु सिंचाई परियोजना, सिंचाईका विभिन्न बाँधहरु, कृषकलाई व्यवस्थित पानीको वाँडफाड गरिएका परियोजनाहरु, सहकारी संस्थाले फलफुलको ग्रेडिङ्ग, प्याकेजिङ्ग र लेवलिङ्ग गर्दै गरेका उद्योगहरु र १५ हेक्टर र ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक खेती गरिरहेका कृषकका फार्महरुको अवलोकन गरिएको भट्टराईले जानकारी दिए ।
भट्टराईले भ्रमणका क्रममा हाईअल्टिच्युटमा हुने स्याउ र धान एक ठाउँ वरपर फलेको देख्दा चै अचम्म लागेको सुनाए ।