सुरक्षामा अब्बल बन्दै झापा प्रहरी
बिर्तामोड । झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले इलाका प्रहरी कार्यालयसँगको समन्वयमा जिल्लाको सुरक्षा व्यवस्था मजवुद बनाउन सफल भएका छन् । जिल्लामा आउने प्रहरी प्रमुख मध्ये मैनालीको समन्वयकारी भूमिका राम्रो भएपछि सुरक्षा व्यवस्था बलियो बनाउन सफल भएको इलाका प्रहरी कार्यालयमा प्रहरी प्रमुखको भनाई छ ।

- सम्मानित अदालतबाट फैसला कार्यान्वयन अन्तर्गत:-
सिन | आ.ब. | पक्राउ संख्या | जरिवाना(रु.) | कैद |
१ | २०७३/०७४ | २४६ | रु.८१,०९,७६६.५२।- | २९६ बर्ष १० महिना १९ दिन |
२ | २०७४/०७५ | १७१ | रु.१,८९,८७८.६७।- | २०७ बर्ष ६ महिना ११ दिन |
३ | २०७५/०७६ | १८२ | रु.६६,६७,२१५।- | २२१ बर्ष ११ महिना ०९ दिन |
केहि समयअघिसम्म जिल्ला र इलाका प्रहरी कार्यालयको समन्वय अभावले धेरै घटना यत्तिकै हराएका थिए । एसपी मैनालीले विभिन्न घटनामा तत्काल एक्सन लिने भएपछि कुनै दोषी उम्कन पाएको अवस्था छैन । झापाका प्रहरी प्रमुख एसपी मैनाली भन्छन् , नागरिकको सुरक्षाका लागि कुनै सम्झौता हुदैन । काननु मान्ने सवालमा कसैको दवाव सहन्न ।
- भन्सार राजश्व संकलन तुलनात्मक तथ्याङ्क
२०७३/०७४ | २०७४/०७५ | २०७५/०७६ |
रु.२८२७२७२०।- | रु.२९४१६४५९।- | रु.३,८३,१२,५२०।- |
पछिल्लो पटक बिर्तामोडमा भएको अपहरणको घटनामा प्रहरीले अपत्यारिलो सफलता हात पा¥यो । अपहरणकारीले फिरौती बुझ्ने दिन झापा प्रहरीले अपहरणकारीको समूह नै पक्राउ गर्न सफल भएको थियो । सो घटनामा अनारमनी प्रहरीले विशेष अपरेशन गरेको थियो । पीडित व्यापारीले उजुरी दिएको दुई दिनमा प्रहरीले व्यापारी अपहरणमा संलग्नलाई हतियार सहित पक्राउ गर्न सफल भएको थियो । जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय अनारमनीको समन्वय राम्रो भएपछि सो घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल देखिए ।
- त्रि-बर्षिय अपराध अनुसन्धान तथ्याङ्क
सिन | आ.ब. | मुद्दा दर्ता | मुद्दा फर्छौट | मुद्दा बाँकीः- |
१ | २०७३/०७४ | १४०० | ९८१ | ४१९ |
२ | २०७४/०७५ | १६८७ | १२०९ | १०६० |
३ | २०७५/०७६ | ४१९ | ४७८ | ४०२ |
यसअघि बिर्तामोड क्षेत्रमा यौनधन्दा सञ्चालन गर्नेहरुले उन्मुक्ति पाउँदै आएका थिए । यौनधन्दा चलाउनेहरु प्रहरी कै सेटिङमा धन्दा गर्दै आएको खुलासा हुने गथ्र्याे । अहिले प्रहरीले बालबालिकाई यौनधन्दामा लगाएको आरोपमा होटल सञ्चालकहरुलाई नै कारागार चलान गरिसकेको छ । बिर्तामोडमा नयाँ डिएसपी मोहन थापाको आगमनसँगै विर्तामोडका होटलमा धन्दा चलाउनेहरुको धन्दा शून्य जस्तै भएको छ । प्रहरलिे विशेष अपरेशन चलाएपछि धन्दावालाहरुको होस् उडेको छ ।
- आ.व.०७५/०७६ सालउद्दार गरेका महिला तथा वालवालिकाको संख्यात्मक विवरण:-
सिन | आर्थिक बर्ष | उद्दार गरिएका महिला | उद्दार गरिएका बालक | उद्दार गरिएका बालिका | जम्मा | कैफियत |
१ | २०७३-२०७४ | ५७७ | १४ | ३४ | ६२५ | |
२ | २०७४-२०७५ | ७२२ | ४१ | ७४ | ८३७ | |
३ | २०७५-२०७६ | ७७१ | २४ | ६१ | ८५६ |
झापा प्रहरीले विप्लप समूहका नेता कार्यकर्तालाई पनि धमाधम पक्राउ गरिरहेको छ । विभिन्न जिल्लामा जिम्मेवारी सम्हाल्ने विप्लपका नेता कार्यकर्तालाई झापा प्रहरीले बिर्तामोड सहित विभिन्न स्थानबाट पक्राउ ग¥यो । तुलानात्मक हिसावमा हेर्ने हो भने पूर्वमा झापा प्रहरीले विप्लपका धेरै कार्यकर्ता पक्राउ गरेको छ । झापाको विभिन्न स्थानका शंकास्पद वस्तु राख्ने विप्लप कार्यकर्ता सबैलाई पक्राउ गरी सार्वजनिक समेत गरिसकेको छ ।
दमकमा भएको ग्याङ फाइटमा प्रहरीले ९ जनालाई समात्यो । घटना लगत्तै फरार रहेका युवालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दुई समूह विच भएको झै–झगडामा झापा प्रहरीले तत्काल फोर्स परिचालन गरेपछि घटनामा संलग्न कसैले उन्मुक्ति पाउन सकेनन् । सबै प्रहरी नियन्त्रणमा परेका छन् ।
जिल्लाको विभिन्न स्थानमा चोरी भएको मोटरसाईकल बरामत गरी प्रहरीले धनीलाई बुझाएको छ । झापा प्रहरीको यो टिमले मोटरसाइकल चोरी गर्ने गिरोहलाई नै समातेपछि सवारी धनीले प्रहरीको कार्यशैलीलाई धन्यवाद व्यक्त गर्दै आएका छन् । झापा प्रहरीका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठका अनुसार ३१ थान मोटरसाइकल बरामद गरी कागजातका आधारमा धनीलाई बुझाइएको छ ।
चोरी गर्ने गिराहका १३ जनालाई झापा प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको श्रेष्ठको भनाई छ ।
लागुऔधष नियन्त्रणको क्षेत्रमा झापा प्रहरीले गति लिएको छ भने १३३ जना विरुद्द मुद्दा चलाई कारवाही अघि बढाएको छ । जिल्लाको सबै तहमा रहेको प्रहरी यूनिट परिचालन गरेर समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन समेत गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।