बैशाख २०, २०८२ शनिबार

दुधेमा खुल्यो स्पोर्ट बार

दुधे । शिवसताक्षीको दूधे बजारमा “मिटअप क्याफे एन्ड स्पोर्ट बार” को विधिवत शुभारम्भ भएको छ । शिवसताक्षीमा रहेका तीन पर्यटकीय स्थल दोमुखा, सतासीधाम र चिल्लागढधामलाई मध्यनजर गर्दै बीच भागमा पर्ने दूधे बजारमा सुविधा सम्पन्न मिटअप क्याफे शुक्रबारबाट सञ्चालनमा आएको हो ।


आकर्षक र भिन्न प्रकारको सजावट गरिएको मिटअप क्याफेका सञ्चालक शक्तिमान थाम्सुहाङ्गले बताए । उनले शुद्ध, ताजा र स्तरीय खाना नास्ता, कफि चिया, ममः, चाउमिन, चिकेन फ्राई, विरियानी, फ्रेन्च फ्राइस, अन्य पेय पदार्थहरु फ्रेस जुस आइसक्रिमहरु उपलब्ध गराइने बताए । क्याफे ३० लाखको लागतमा सञ्चालनमा ल्याइएको हो ।


क्याफेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु हेर्नका लागि समेत सकिने छ । क्याफेका सबै कोठाहरु एयर कन्डिसन जडित रहेको आजबाट ७ दिन सम्म सबै प्रकारका परिकारमा विशेष छुट समेत रहेको बताइएको छ ।

प्रकाशित मिति : भाद्र ६, २०७६ शुक्रबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]