बैशाख २७, २०८२ शनिबार

आज रवि लामिछाने छुट्ने संभावना धेरै

झापा । न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो ।


पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।
अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ । यसअघि २ पटक म्याद थप भएको थियो । सो म्याद आज सकिदैछ । देशभर उनको रिहाइको माग प्रदर्शन भइरहेको छ ।

आज हुने बहसपछि रवि धरौटीमा रिहाई हुन सक्ने संभावना बढेको बताइएको छ । तर, अन्तिम पटकको बयानमा रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिए पछि समस्या बल्झिएको छ । सो प्रकरणले पुनः म्याद थप पनि हुन सक्ने बुझिएको छ । आज लामिछाने छुट्छन् वा छुट्दैनन् भन्ने बारे आम नागरिकले चासो व्यक्त गरेका छन् ।


पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो ।

प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार  १२ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]