बैशाख २६, २०८२ शुक्रबार

नेपाली युवतीको चीनमा तस्करी गर्ने गिरोह नै पक्राउ

काठमाडौं । नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोह पक्राउ परेको छ ।

प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले ४ जना पीडित महिलाको उद्धार गरेको हो भने ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख एसएसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन् ।

त्यस्तै, चिनियाँ नागरिक जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ छन् ।

चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत बनाएर चीन लग्ने गरेको देखिएको कार्की बताउँछन् ।

उनका अनुसार अभियुक्तको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको छ ।

प्रहरीका अनुसार यसअघि पहिलो पटक ०७१ सालमा नेपाली युवतीलाई यही शैलीबाट विवाह गरेर चीन र दक्षिण कोरिया पठाउने समूहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समातेको थियो ।

यो प्रकृतिको मानव तस्करीलाई ‘ब्राइड बाइङ’ भनिने ब्युरोका एसपी गोविन्द थपलिया बताउँछन् ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]