बैशाख २६, २०८२ शुक्रबार

‘कश्मीरीहरुको समर्थनमा’ हजारौँ पाकिस्तानी सडकमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अपिलमा भारत प्रशासित कश्मीरका नागरिकको समर्थनमा एकजुटता देखाउन भन्दै पाकिस्तानल् शुक्रबार दिउँसो साढे १२ बजे ‘कश्मीर आवर’ मनाएको छ ।

पाकिस्तानका शिक्षण संस्थान, सरकारी तथा निजी कार्यालय, बैंक, व्यापारी, वकिल तथा सैन्य अधिकारीसमेतले यसमा सहभागिता जनाएका थिए । सबै ट्राफिक संकेतहरु त्यसबेला रातोमा राखिएको थियो ।

पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको प्रधानमन्त्री कार्यालय बाहिर आएर इमरान खानले सम्बोधन समेत गरेका थिए । प्रधानमन्त्री इमरान खानले सम्बोधनमा भने, ‘आज हरेक पाकिस्तानी, जहाँ भए पनि, स्कुलेदेखि कलेजका विद्यार्थीसम्म, पसलेदेखि व्यापारीसम्म, सरकारी कर्मचारी हामी सबै कश्मीरीहरुको साथमा छौँ ।’

उनले भने, ‘हाम्रा कश्मीरी नागरिक निकै मुस्किल समयमा रहेका छन् । झण्डै ८० लाख कश्मीरीहरु ४ हप्तादेखि कर्फ्युमा बन्द गरिएका छन् । आजको कार्यक्रमको उद्धेश्य हामी कश्मीरीहरुको दुःखमा सँगसँगै छौँ भन्ने देखाउनलाई नै हो ।’

कार्यक्रमको सुरुवातमा पाकिस्तान र कश्मीरको राष्ट्रिय गान बजाइएको थियो । पाकिस्तानका अन्य शहरमा पनि कार्यक्रम गरिएको थियो । अर्को एक कार्यक्रममा पाकिस्तानका राष्ट्रपतिसमेतले सम्बोधन गरेका थिए ।

भारतको केन्द्रीय सरकारले जम्मू–कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाएसँगै परमाणु शक्तिसम्पन्न दुई देशबीच टकराव बढ्दै गएको छ ।

प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]