बैशाख २०, २०८२ शनिबार

मोती माविका तीन शिक्षक सम्मानित

दुधे । मोती माध्यमिक विद्यालयले उत्कृष्ट तीन शिक्षकलाई सम्मान गरेको छ । शिवसताक्षी २ स्थित मंगलबारेमा विद्यालयको ५५औँ वार्षिक उत्सव तथा १५४ औँ मोती जयन्तीको अवसर पारेर विद्यालयले तीन शिक्षक पुष्पा ढकाल, हरिप्रसाद गौतम र गंगा ढकाललाई सम्मान गरेको हो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसाद झलकसिंह दलार्मी र विशिष्ट अतिथि शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले संयुक्त रुपमा नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।


कार्यक्रमा विद्यालयमा राखिएको अक्षयकोषबाट एसइइ परीक्षामा उत्कृष्ट अन्जीता तामाङ्क, गोविन्द राजवंशी, कक्षा ८ बाट उत्र्तीण सर्वोकृष्ट विद्यार्थी अजय उप्रेती, गंगा चौलागाईं, किरण नेपालीलाई विद्यालयले नगदसहित प्रशंसा पत्र प्रदान गरेको थियो ।
त्यस्तै एसइइ परीक्षा २०७५ मा ३.२ भन्दा माथि जीपीए हासिल गर्ने अन्जिता तामाङ्ग र विज्ञप्ती कोइरालालाई नगद पुरस्कार सहित विद्यायले प्रशंसा पत्र प्रदान गरेको छ ।


सम्मानित गर्ने क्रममा प्रदेश सांसद झलकसिंह दर्लामीले अबका दिनमा मोती माध्यमिक विद्यालयलाई शैक्षिक तथा भौतिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आगामी हामीसँग क्षेत्रीय विकास , सामाजिक विकास मन्त्रालय अन्तर्गतका विभिन्न शिर्षकहरु मध्येबाट सहयोग गर्ने सकिने जानकारी दिए ।


त्यसैगरी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले सामुदायिक विद्यालयका समस्या समाधानका लागि नगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यालयका कर्मचारी र बालशिक्षकहरुको समस्याहरुलाई केही हदसम्म नगरपालिकाले सम्बोधन गरेको बताए ।
यसैबीच सोही अवसरमा विद्यालयको विज्ञान प्रयोगशालाको उद्घाटन गरिएको छ । विज्ञान प्रयोगशाला प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत ६ लाख ५० हजारको लागतमा निर्माणमा गरिएको हो ।


वार्षिकत्सवमा विद्यार्थीहरुबाट गायन, नृत्य प्रस्तुत गरेका थिए । विद्यालयबाट सञ्चालित विभिन्न प्रतियोगितात्मक खेलहरुमा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई प्रमाण पत्रसहित पुरस्कृत गरिएको थियो । विद्यालयको विभिन्न गतिविधीसहित आय व्ययको प्रतिवेदन विद्यालय प्रधानाध्यापक कमल भट्टराई प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]