दशैंअघि नेपाललाई खुला दिसा मुक्त घोषणा गर्ने
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले अब नेपाललाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिएकी छन् । उनले असोज १३ गते नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने तयारी भइरहेको बताइन् ।

मन्त्री मगरले भनिन्– नेपाल दक्षिण एसियामै पहिलो खुल्ला दिसामुक्त देश हुँदैछ । दक्षिण एसियाका अरु देशहरु पनि यो अभियानको क्रममा छन, उनले भनिन् , भारत लगायत अरु देशहरु पनि खुल्ला दिसामुक्त अभियान छन् । तर, नेपालको अभियान अरु देशको भन्दा पृथक छ ।
अरु देशमा यो अभियान सरकार र केही प्रतिनिधि सामेल भएर गरेका छन् । तर, नेपालमा सिङ्गो देश र सम्पूर्ण नागरिक नै यो अभियानमा सामेल छन् ।