बैशाख २३, २०८२ मंगलबार

एउटै मञ्चमा शिक्षक-विद्यार्थीलाई सम्मान

मेचीनगर । ५३ अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको शिक्षा शाखाले सोमबार सय जनाभन्दा बढी शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कृत गरेको छ । धुलावारीस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा प्रदेश सभा सदस्य श्रप्रिसाद मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नगर प्रमुख विमल आचार्यको सभापतित्वमा भएको शिक्षक विद्यार्थी सम्मान कार्यक्रममा कक्षा ८ को परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयतर्फका ५ र संस्थागत विद्यलायतर्फका ४ गरी कुल ९, एसईई परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालय तर्फका ४ र संस्थागत विद्यलाय तर्फका २ गरी कुल ६ जना, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानध्यापक, कर्मचारी, बाल शिक्षक तर्फ एक÷एक गरी कुल ४ जना, प्याव्सन तर्फका ४ एन प्याव्सनतर्फका ३ गरी कुल ७ जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसैगरी सेवा निवृत्त भएका ४० तथा अनिवार्य अवकास तर्फका ४८ गरी कुल ८८ जना शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरिएको थियो । प्रमुख अतिथि प्रदेश सभा सदस्य मैनाली, नगरप्रमुख आचार्य, विशिष्ट अतिथि नगरप्रमुख मीना पोखरेल उप्रेती, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालले शुभकामना मन्तव्यसहित सम्मानित तथा पुस्कृत व्यक्तित्वहरुलाई अविर, टीका दोसल्लासहित सम्मान पत्र र पुरस्कार प्रदान गरेका थिए ।

निजी विद्यलायकातर्फबाट मेचीनगर प्याव्सन अध्यक्ष डम्मर रुचालले बोलेका थिए । कार्यक्रममा विभिन्न विद्यार्थीहरु अन्य जातजातिको कला, संस्कृति तथा रीतिरीवाज झल्किने गीतमा नृत्य गरेका थिए ।

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  ४ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]