बैशाख २३, २०८२ मंगलबार

धरानमा ३ हजार ६ सय ३९ जनालाई डेंगु

विराटनगर । सुनसरीमा तीनहजार सात सय भन्दाबढी मानिसमा डेंगु संक्रमण देखिएको छ । जेठबाट फैलिएको डेंगुबाट ३ हजार ७ सय ९९ जना प्रभावित भएका हुन् । संक्रमित मध्ये ३ हजार ६ सय ३९ जना धरानका हुन् ।

यसबाहेक इटहरी, इनरुवा, गढी बहराक्षेत्रलगायत क्षेत्रका १६० जना संंक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए ।

प्रकोपको रुपमा फैलिएको डेंगुका कारण धरानमा मात्र ३ हजार ६ सय ३९ जनामा डेंगु देखिएको

धरान उपमहानगरपालिका स्वास्थ्यमहाशाखा प्रमुख रामबाबु यादवका अनुसार पछिल्लो समय संक्रमितको संख्या घटेको छ । ‘असारमा दैनिक ९७ जना सम्मलाई डेंगु देखिएको थियो’ उनले भने, ‘हिजो आज २–३ जना देखिन्छ ।’

यादवका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हजार ७ सय १८, विजयपुर अस्पतालमा एक हजार २ सय ९६ र बाँकी बजारका ल्याबमा परिक्षण गर्दाको रिपोर्ट हो ।

सुनसरीको धरानबाट फैलिएको डेंगुको संक्रमण मोरङ र झापामा पनि देखिएको थियो । डेंगुका कारण मोरङमा १५३ जना प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मोरङमा संक्रमितको संख्या देखिन छाडेपछि पछिल्लो समय रिपोर्टिङ भएको छैन् ।

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]