बैशाख २३, २०८२ मंगलबार

डिजल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

झापा – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेललको भाउ घटाएको छ । निगमले पेट्रोल,डिजल र मट्टीतेलको भाउ २ रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

काठमाण्डाै थानकोटबाट १५ किलाेमिटर क्षेत्रभित्र पेट्रोल, डिजल र मट्टीतेललको मूल्य २ रुपैयाँका दरले घटेको छ । मंगलबार दिउँसाे १२ बजेदेखि लागु हुने आयल निगमले जनाएको छ ।

यसअघि पेट्रोलको मूल्य १०९ रुपैयाँ थियो । मंगलबार दिउँसाेदेखि पेट्रोलको मूल्य १०७ रुपैयाँ कायम भएको छ । यसअघि ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको डिजल र मट्टीतेललको मूल्य अब ९५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार  १ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]