प्रधानमन्त्रीको घाँटीमा राखिएको ट्युव निकालियो
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको ट्युव निकालिएको छ ।

सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा राखिएको ट्युब बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको हो । प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ट्युव अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमको टीमले निकालेको हो ।
त्यस्तै प्रधानमन्त्रीको मुटुको चाल पनि जाँच गरिएको थियो । परिक्षणपछि चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।