असार १७, २०८२ मंगलबार

गैरनेपालीलाई नागरिकता दिने बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीसहितलाई पक्राउ पुर्जी जारी

बिर्तामोड । गैरनेपालीलाई कागजात किर्ते गरेर नागरिकता दिएको आरोप लागेका बिर्तामोड नगरपालिका वडा नं.–८ का वडाध्यक्ष अध्यक्ष अजय कार्की सहित सो कार्यमा संलग्नलाई पक्राउ गर्न पक्राउ पुजी जारी भएको छ । नगरले कार्कीको ठाउँमा वडासदस्य दिपक भट्टराईलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

सोहि घटनामा संलग्नहरु बिर्तामोड–५ का टेक बहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन खरिदार तेजिन्द्र न्यौपाने, भद्रपुर १० का प्रेम तिम्सिना, भद्रपुर –१० का भीम बहादुर लिम्बू र बिर्तामोड–८ का तत्कालिन वडा सचिव लोकराज बराल पक्राउ परिसकेका छन् । बाँकी फरार रहेका छन् ।

झापा प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुङगेल, चुडाराज भट्टराई,टोली प्रमुख नारायण काफ्ले, चिरञ्जिवी अधिकारी, भद्रपुर–९ का अध्यक्ष शनिलाल राजवंशी, वडा सचिव अरुणा भट्टराई, जिल्ला प्रशासनका तत्कालिन नायव सुब्बा मेगराज निरौला र बाहुनडाँगी, शरणामतीका तत्कालिन गाविस सञ्चालक समिति अध्यक्ष भवकृष्ण न्यौपानेलाई पक्राउका लागि पुर्जी जारी गरिसकेको छ । उनीहरुले सरकारी छाप र दस्तखत किर्ते गरेर १६ गैर नेपालीलाई नागरिकता दिएको अनुसन्धानबाट खुलेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरोले हेरेको यस घटनामा जनप्रतिनिधि, सरकारी कर्मचारी र दलाल संलग्न भएको पाइएको छ । प्रहरीका अनुसार हालसम्मको अनुसन्धानमा ५२ जना दोषी देखिएका छन् । त्यसमध्ये १६ जना नागरिकता बनाउनेहरु छन् ।

आतंक मच्चाउने विप्लप समूहका ८ जना पक्राउ
झापा प्रहरीले मंगलवार पत्रकार सम्मेलन गर्दै विभिन्न स्थानमा बम आतंक मच्चाउने, चन्दा उठाउने विप्लप समूकहका ८ जना नेता कार्यकर्तालाई पक्राउ गरेको बताएको छ ।
बम बनाउने विप्लप समूहका मुख्य कार्यकर्तालाई प्रहरीले बिर्तामोडबाटै पक्राउ गरेको प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । सोमबार बेलुका बिर्तामोड–४ स्थित विधुत प्राधिकरण पछाडि रहेको एक घरमा डेरा गरी बस्दै आएका मकवानपुर भीमफेदी गाउँपालिका–२ का अनुल सारु मगरलाई प्रदेश प्रहरीको सहयोगमा झापा प्रहरीले पक्राउ गरेको हो ।

स्रोतका अनुसार मगर पूर्व क्षेत्रमा बम बनाउन खटिएका थिए । प्रहरीले सोमवार विहान पक्राउ गरेको जिल्ला सेक्रेटरी प्रविन मिश्र र जिल्ला सदस्य टिका पोखरेलसँगै मगर समेत बस्दै आएको अनुसन्धानबाट खुलेको छ । उनीहरुमध्ये मगर विप्लप समूहको पूर्व क्षेत्रमा बम बनाउने र प्राविधिकको रुपमा काम गर्दै आएका थिए । प्रहरीले बिहान सेक्रेटरी पक्राउ गरेपछि उनीहरुसँगै बस्ने मगर र ठाउँ मोवाइल ट्रेकिङ मार्फत पत्ता लगाएको थियो ।

सोहि क्रममा मगरको साथबाट प्रहरीले कटुवा पेस्तोल– २ थान, त्यसमा प्रयोग हुने ४ राउण्ड गोली, मोबाइल– ५ थान र पार्टीको दस्तावेज, पार्टी सदस्यता पत्र, विभिन्न चन्दा रसिद प्याडहरु बरामद गरेको जनाएको छ ।

झापा जिल्लाभर आतंकित बनाउने विप्लप समूहको मुख्य समूह पक्राउ गरेको झापा प्रहरीको दावी छ । सबै ठाउँमा भएको बम आतंक यहि समूहको परिचालनबाट भएको प्रहरीको भनाई छ । पछिल्लो पटक विप्लप समूहले सहारा नेपाल चारपाने र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने स्करपियोमा बम विस्फोट गराएको थिए । सहारा नेपालसँग सो समूहले आर्थिक सहयोग माग गरेको बुझिएको छ । बिर्तामोडमा डेरा गरी बस्दै आएका विप्लप समूहका झापा सेक्रेटरी मिश्र, जिल्ला सदस्य पोखरेल सडक विभागको ठेकेदार र मगरले जापानिज भाषा सिक्न बसेको भन्दै ढाँटेर बस्दै आएका थिए । शंका लागेर घरधनीले उनीहरुलाइृ केहि समययता घर खाली गरिदिन समेत भनेको जानकारी आएको छ ।

उनीहर विरुद्ध राज्य विरुद्धको कसुर, संगठित अपराध र विस्फोटक पदार्थ चन्दा शिर्षकमा मुद्दा दर्ता भएको छ । यससँगै बिर्तामोड–८ स्थित संयुक्त वडा कार्यालयमा बम विस्फोट गराउने विप्लब समुहको सदस्य पाँचथर जिल्लाको जिल्ला ईन्चार्ज ताप्लेजुङ त्रिवेणी गा.पा. वडा नं. ३ पञ्चमी टोलका राजु दास, ताप्लेजुङ सिद्धिङबा गा.पा. वडा नं. ४ वस्ने वर्ष ३५ को सकल भन्ने सागर लिम्बु , मेची ब्यूरो समन्वय समितिको अध्यक्ष साथै केन्द्रिय सदस्य जिल्ला ताप्लेजुङ त्रिवेणी गा.पा. वडा नं. ५ दोभान गाँउ वस्ने सन्देश भन्ने गणेश कार्की(ढोली), ताप्लेजुङ जिल्लाको जिल्ला सेक्रेटरी (सचिव) जिल्ला ताप्लेजुङ फक्तामलुङ गा.पा. वडा नं. २ खेजेनिम वस्ने नरपति पौडेल र ताप्लेजुङ फक्ताङलुङग गाँउपालिका वडा नं. २ वस्ने वर्ष ३८ को यामे योगेश भन्ने याम वहादुर लिम्बु लाई प्रहरीले पक्राउ गरी मुद्दना दर्ता गराएको छ । सोहि समूहले जिल्लाको विभिन्न स्थानमा रहेका एनसेल टावरमा क्षति पु¥याएका थिए ।

पशुचौपायको तस्करी नियन्त्रण
पत्रकार सम्मेलनमा प्रहरीले तस्करीका लागि लैजाँदै गरेका अवस्थामा १ सय १९ पशुचौपाय नियन्त्रणमा लिई मेची भन्सार कार्यालयलाई बुझाएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार झापा प्रहरीले चौपायको पैठारीमा कडाइ गरेको छ । हामीले दक्षिण बेल्टमा पशुचौपाय लैजान दिदैनौं, घरमै पाल्नको लागि भए छोड्न सकिन्छ, उनले थपे । प्रहरीले २९ वटा गाई भद्रपुरको गौशालालाई बुझाएको छ । झापामा पशुचौपायको तस्करी नियन्त्रण गर्न दक्षिण सिमामा रहेका २५ वटा प्रहरी यूनिटलाई विशेष निर्देशन गरिएको एसपी मैनालीको भनाई छ । पशु हाट बजार लाग्ने जिल्लाका ठुला बजारमा प्रहरीले नै परिचालन गरेर चौपाय बोक्ने सवारीकै निगरानी गरिने जानकारी दिए ।

चाडवाडमा विशेष सुरक्षा
विशेष सुरक्षा सतर्कताका लागि झापा प्रहरीले चाडवाडमा १२ सय ३५ प्रहरी परिचाल गर्ने भएको छ । असोज १ गतेदेखि छठ पर्वसम्मका लागि यो योजना अघि सारिएको प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार त्यसका लागि जिल्लामा ४० स्थानमा चेकप्वाइन्ट, गस्ती समूह ७ वटा, आपतकालिन फोर्स १२३ वटा र रिजर्व टोली ७ वटा रहने छ । बंैक तथा वित्तीय संस्था र कारोवार धेरै हुने ठाउँमा सोहि अनुसारको सुरक्षा व्यवस्था मिलाइने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार  ५ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]