बैशाख २५, २०८२ बिहीबार

कांग्रेसलाई झुटो प्रचार बन्द गर्न चिनियाँ राजदुतको सूझाव

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देश विचार निर्यात गर्ने मुलुक नभएको स्पष्ट पारेकी छिन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) र नेपाल कम्युनिस्ट पार्टीबीच सी चिनफिङ विचारधाराबारे संयुक्त प्रशिक्षण तथा ६ बुँदे सहमति भएपछि कांग्रेसले नेकपा सिपिसीको भातृसंगठन जस्तो भएको र नेकपाले चिनियाँ शासन मोडल नेपालमा लाद्न खोजेको भन्दै प्रश्न उठाइरहेका बेला राजदूत यान्छीले जवाफ फर्काएकी हुन्।

बिहीबार चीन अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत यान्छीले सी विचारधार पहिले नै अन्तर्राष्ट्रियकरण भइसकेको बताइन्।

उनले भनिन्, चीनले पहिले पनि अन्य देशमा विचारधारा निर्यात गर्दैन्थ्यो। अब पनि गर्दैन। हामी अर्काे देशको कुनै पनि मामिलामा हस्तक्षेप गर्दैनौं।

आसन्न चिनियाँ राष्ट्रपतिको भ्रमणको माहोल बनाउन नेकपाले सिपिसीसँग सामूहिक प्रशिक्षण तथा सम्झौता गरेका बेला कांग्रेसले भने यो विषयलाई मुद्दा बनाएर अघि बढेको छ।

राजदूत यान्छीले दुई पार्टीबीच भएको वैचारिक बहसलाई अन्यथा नबुझ्न पनि आग्रह गरेकी छिन्। नेपाल र चीन घनिष्ठ मित्र रहेको बताउँदै उनले दुई देशबीचका छलफलहरु आर्थिक सामाजिक विकासको विषयमा केन्द्रीत रहेको उल्लेख गरिन्।

प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार  ४ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]