बैशाख २७, २०८२ शनिबार

हनुमान सेन्ट्रल बिबाद : गेमजोन हटाउन ब्यवसायीकै माग, अन्यायमा परेको संचालकको दाबी

बिर्तामोड । हनुमान सेन्ट्रल बिर्तामोडमा रहेको लोटस गेमजोनका सञ्चालकले कम्प्लेक्स सञ्चालकबाट आफु अन्यायमा परेको बताएका छन् ।

शुक्रवार गेमजोन मै पत्रकार सम्मेलन गर्दै सञ्चालकहरुले कम्प्लेक्स सञ्चालकले कोठा खाली गर्न पत्र काटेपछि लगानी डुब्ने भन्दै व्यवसायीमाथि अन्याय भएको बताए ।

कम्प्लेक्समा गत असार महिनामा आगलागी भएपछि भुँइतलामा रहेको गेमजोन हटाउन सेन्ट्रलका सञ्चालकहरुले मौखिक जानकारी दिएका थिए । तर, गेमजोनका सञ्चालकले हटाउन अटेरी गरेपछि सेन्ट्रल सञ्चालकले खाली गरिदिन पत्र काटेका छन् ।

पत्र काटेपछि गेमजोनका लगानीकर्ताले व्यवसायको वातावरण बनाउनु पर्ने वा लगानी वापतको रकम फिर्ता पाउनुपर्ने माग राख्दै आएका छन् । हनुमान सेन्ट्रलको चौथो तलामा गेमजोन रहेपनि केहि सामग्री राखेर भुँइतलामा सञ्चालन भइरहेको थियो । सम्झौतामा बेसमेन्ट (भुँइतला) मा रेल र कारको सामग्री राख्न दिने सहमति भएको थियो । भुँइतलामा गेमजोन सञ्चालन गर्न निशुल्क दिइएको बताइएको छ ।

पत्रकार सम्मेलनमा सञ्चालक देवेन्द्र शास्त्रीले गेमजोन भुँइतलामा राख्न दिने सम्झौता भएपनि अहिले हनुमानका सञ्चालकले विभिन्न बहानामा षडयन्त्र गरेर व्यवसाय नै धरापमा पु¥याउन खोजेको आरोप लगाए । उनले गेमजोन कै कारण हनुमान सेन्ट्रलमा चहलपहल बढेको दावी गरेका छन् ।

यता, हनुमान सेन्ट्रलका सञ्चालक प्रभेश सरियाले भुँइतलाको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्न गेमजोन हटाउन भनेको जानकारी दिए । उनका अनुसार माथिल्लो तलामा रहेको गेमजोनको समयमा भाडा नतिरेको कारण कोठा खाली गर्न पत्र काटेको हो । सिरयाले भने, – ‘भुँइतलामा जोखिम भयो, अर्को दुर्घटना भएमा कसले जिम्मेवारी लिने ? बालबालिका जोखिममा नपरुन भनेर भुँइतलाको गेमजोन हटाउन मौखिक आग्रह गर्दा माथिल्लो तलाको भाडा नतिरेकोले पत्र काटेका हौं ।’

भुँइतलामा गेमजोन संवेदनशील र जोखिमपूर्ण भएको भन्दै करिव ४० जना व्यवसायीले त्यहाँबाट हटाउन हनुमान सेन्ट्रललाई हस्ताक्षर गरी पत्र समेत बुझाएको फेला परेको छ । उनीहरुले विधुतीय सामग्री भएकोले ठुलो जोखिम भएको पत्रमा उल्लेख गरेका छन् ।

हनुमान सेन्ट्रलको भँुइतलामा गेमजोन सञ्चालन गर्न नपाएपछि तिन महिनादेखि ठप्प भएको शास्त्रीको भनाई छ । गत वर्षको दशैंबाट सञ्चालनमा आएको गेमजोन अहिले किन हटाउन पत्र काटियो, हाम्रो लगानीको सुरक्षा खोई ? – सञ्चालक शास्त्रीले थपे । उनले हनुमानमा २५ गुणा व्यापार गेमजोन कै कारण बढेको बताएका छन् । उनले गेमजोनको विरुद्धमा दोस्रो र तेस्रो तलाका व्यापारी एग्रेसिभ भएको जानकारी दिए ।

यता, सर्वसाधरणले किनमेल गर्न हनुमान आउँदा बालबच्चाले अनावश्यक खर्च गराएको तर्क समेत गर्दै आएका छन् । एक जना व्यापारीले भने, २ हजार लिएर किनमेल गर्न आएको उपभोक्ताले १ हजार गेममै खर्च गर्नुप¥यो भने अर्को पटकदेखि आउन गाह्रो छ । बिर्तामोड वाणिज्य संघका महासचिव प्रशान्त भण्डारीले व्यवसायीमाथि अन्याय गर्न नहुने बताएका छन् । सहज वातावरण तयार गरेर दुवै पक्षलाई सहमतिमा आउन भण्डारीको सूझाव छ ।

प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]