मौसममा सुधार हुँदै, तीन दिनको मौसम पूर्वानुमान
काठमाण्डौ । सोमबारदेखि मौसममा सुधार आएको छ ।

काठमाण्डौ र आसपासका ठाउँमा बिहानदेखि नै आकाश खुल्न थालेको छ । अब बिस्तारै मौसम खुल्ने र पानी पर्ने क्रम कम हुँदै जाने मौसमविद्ले बताएका छन् ।
सोमबार पूर्व र पश्चिमका केही ठाउँ बाहेक अरु ठाउँमा पानी पर्ने सम्भावना कम भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । भारतको गुजरातमा बनेको पानी पार्ने प्रणालीका कारण पूर्वमा र बिहारमा बनेको प्रणालीका कारण पश्चिममा सोमबार सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
देशका अरु ठाउँमा भने पानी पर्ने खासै सम्भावना छैन । अहिले बादल लागेको ठाउँमा पनि विस्तारै मौसम खुल्दै जाने र रातितिर हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
असोज १३ गते सोमबार
दिउँसो : देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ । पूर्व र मध्यका केही स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ।
राति : देशको पूर्व र मध्य भेगमा आंशिक देखि सामान्य वदली रही बाँकि भू-भागमा आंशिक वदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।
असोज १४ गते मंगलबार
दिउँसो : देशभर आंशिक बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।
राति : देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।
असोज १५ गते बुधबार
दिउँसो : देशभर आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशभर आंशिक बदली रही पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।