बैशाख २७, २०८२ शनिबार

झापा स्पोर्टस् अवार्ड उमेश र एस्तरलाई

बिर्तामोड । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् ।

शारिरीक सुगठनका उमेश राईले बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका छन् । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारिरीक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन हुन् ।
स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी करा“ते खेलाडी एस्तर राईले जितिन् । एकेएफ केडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिवलकी बिनिता बुढाथोकीलाई पछि पारिन् । बर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरिन् ।

यसैगरी बर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन । युवा बर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैया“ प्राप्त गरिन ।
बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते । उनले बक्सिङका डम्बर लिम्बू र करा“तेका प्रशिक्षक योगेश राईलाई अछाडि पारे ।

खड्काले नगद २५ हजार रुपैया“ हात पारे । पिपुल्स च्वाइ“जको अवार्ड फुटबलर कर्ण लिम्बूले जिते । उनले नगद २५ हजार रुपैया“ प्राप्त गरे ।
लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिवलका गणेश विक्रम नेम्वाङले प्राप्त गरे । उनले नगद ३५ हजार रुपैया“ प्राप्त गरे । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड पछिल्लो तीन बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]