बैशाख २४, २०८२ बुधबार

इन्धनको बढेको मूल्य सूची आयो , तत्काल नेपालमा नबढ्ने

झापा । नेपाल आयल निगमले दशैं लगायत चाडपर्वलाई लक्षित गरेर स्वाचालित मूल्य प्रणाली स्थगन गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमबाट बढेको मूल्य सूची प्राप्त भए पनि चाडपर्वका कारण इन्धनको मूल्य तत्काल नबढाइएको स्पष्ट पारेको छ ।

अक्टोबर १ तारिकमा आईओसीबाट निगमले प्राप्त गरेको नयाँ मूल्यसूची प्राप्त गरेको थियो । त्यसमा सबै खाले इन्धनको मूल्य बढेको छ । स्वचालित मूल्य प्रणाली अन्र्तगत निगमले मूल्य समायोजन गर्नुपर्ने भए पनि दशैं लगायत मूल्य चाडपर्वका कारण मूल्य स्थिर राखिएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

यसअघि आईओसीको नयाँ मूल्य सूचीका आधारमा इन्धनको मूल्य घटाउने रबढाउने प्रचलन थियो । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ६ पैसा, डिजेलमा ३ रुपैयाँ ६३ पैसा, मट्टितेलमा २ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ६४ पैसा तथा एलपि ग्यासमा १५ रुपैयाँ ९८ पैसाले मूल्य बढेको निगमले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १७, २०७६ शुक्रबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]