प्रसाईले माताको प्रतिस्थापन गर्नुको रहस्य
बिर्तामोड । बिएण्सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बाजागाजा सहित शनिवार पाउ पाथीभरा मन्दिरमा दुर्गा माताको मुर्ती प्रतिस्थापन गरेका छन् ।

बिर्तामोडदेखि पैदल यात्रामा प्रसाईं सहित धार्मिक अनुयायी सहभागी भई चारआलीस्थित पाउ पाथीभरा पुगेको टोलीले पुजापाठ सहित माताको प्रतिस्थापन गरेको थियो ।
स्वास्थ्य क्षेत्रमा काम गरिरहेका प्रसाईले धार्मिक पर्यटनको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले मन्दिरमा भगवान् नै राखेको बताएका छन् । उनले पर्यटन क्षेत्रको विकासमा पनि योगदान पु¥याउने बताउँदै आएका छन् ।
प्रसाईंले स्वास्थ्य क्षेत्रमा काम गर्दै किन माता तिर लागे भन्ने चर्चा शुरु भएको छ । विभिन्न घटनाहरुमा बेलबेला चर्चामा आइरहने प्रसाईको अध्यात्मिक सोचले सबै चकित भएका छन् । प्रसाईका अनुसार सबैको शान्तिको कामना गर्दै माताको प्रतिस्थापन गरेको जानकारी दिए ।
किन यो सोच आयो भन्ने जिज्ञासामा उनले भने, मैले आजसम्म सबैको भलो चिताएको छु । सपनामा पनि माता देखिरहे पछि माताको चहाना बुझेर यो पूण्यकर्म गरेको हो ।