असार १५, २०८२ आईतबार

ज्येष्ठ नागरिकको हत्या आरोपमा मृतकका छोरा र श्रीमती पक्राउ

सप्तरी । सप्तरीमा एक जना ज्येष्ठ नागरिकको हत्या आरोपमा मंगलबार उनका छोरा र श्रीमती पक्राउ परेका छन् ।

कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको ज्यान गएपछि फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

आइतबार राति रक्सी खाएका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको बताइएको छ । गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मोहम्मद इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो ।

आरोपित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । रासस

प्रकाशित मिति : आश्विन २२, २०७६ बुधबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]