बैशाख २५, २०८२ बिहीबार

चिनियाँ राष्ट्रपति सी को भ्रमण : ६ घण्टा विमानस्थल बन्द

काठमाडौं, २४ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण अन्तर्गत १९ घण्टा बिताउने भएका छन् ।

Chinese President Xi Jinping (L) and First Lady Peng Liyuan wave from their plane upon their arrival at Julius Nyerere International Airport in Dar es Salaam March 24, 2013. REUTERS/Thomas Mukoya (TANZANIA – Tags: POLITICS) – RTXXVVD

सीको भ्रमण तालिका अनुसार उनी शनिबार अपरान्ह ४ः३० बजे त्रिभुवन विमानस्थलमा ओर्लिने छन् । राष्ट्रपति सी आइतबार १ बजे स्वदेश फर्किने कार्यतालिका छ । विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय हुने भएको छ । तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।

यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको कांग्रेस नेता तथा पूर्वमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । यी भेटवार्तापछि साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको कार्यक्रम छ।

शनिबारका लागि सीको औपचारिक भ्रमण तालिका यति नै रहेको जनाइएको छ । आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता द्वीपक्षीय सम्झौता हुनेछ ।

सी आउँदा–जाँदा ६ घण्टा विमानस्थल बन्द
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा–जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ ।

उनी आउँदा तीन घण्टा र फर्किदा तीन घण्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान बन्द हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी तेजबहादुर पौड्यालले सी आउँदा–जाँदा तीन–तीन घण्टा अरू सबै उडान बन्द हुने जनाएका छन् ।

नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी भोलि दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यक्रम छ । भारतको चेन्नई हुँदै काठमाडौं आउने कार्यक्रम छ ।

प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार  ४ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]