असार १५, २०८२ आईतबार

अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारीलाई सम्मान

बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारीहरुलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडले सम्मान गरेको छ । सोमवार सेवा केन्द्र परिसरमा एक कार्यक्रमका विच अन्तर्राष्ट्रिय झापाली समाजलाई सम्मान गरेको हो ।

निर्वतमान अध्यक्ष एवम् संरक्षक दिनेश पोखरेल, बरिष्ठ उपाध्यक्ष दिपक खनाल, उपाध्याक्ष कृष्ण चापाँगाई, अष्टे«लिया झापाली समाजका अध्यक्ष दिपक चुडाल, सचिव रुपराज मैनाली सम्मानित भएका हुन् । झापाली माटोमा हुर्किएर विदेशमा गई नेपालको झापामा गरिएको लगानीको मुल्याङ्कन गर्दै सेवा केन्द्रले सम्मान गरेको केन्द्रका प्रेस संयोजक राज कुमार ओलीले जानकारी दिएका छन् ।

बिर्तामोड नगरपालिका– ४ का वडा अध्यक्ष कुल प्रसाद संग्रौलाको प्रमुख आथित्यतामा भएको सम्मान कार्यक्रममा रिभर साइड फाउण्डेशनका अध्यक्ष सन्जिव चापाँगाई, सुन्दर टोलका अध्यक्ष रघुनाथ थपलिया, इलाका प्रहरी कार्यलय विर्तामोडका प्रहरी निरीक्षक सुनिल श्रेष्ठ लगाएतले सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका कामको मुल्याङ्कन गर्दै भोलिको दिनमा अझ शसक्त भुमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार  ६ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]