बैशाख २५, २०८२ बिहीबार

निवर्तमान सभामुख महरालाई आज अदालत लगिने

काठमाण्डौ – यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाण्डौ जिल्ला अदालत लैजाने तयारी छ । 

थुनामा राखेर थप अनुसनधान गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको हो । दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ । 

उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि महरालाई गएको बिहीबारदेखि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । 

प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]