झापाको तिन शहरमा टेलिकमको फोरजी सेवा
बिर्तामोड । नेपाल टेलिकमले शुरु गरेको फोरजी सेवा झापाको तिन शहरमा विस्तार गरिएको छ । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सुरु गरिएको फोरजी सेवाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसकेका छन् ।

झापाको दमक, बिर्तामोड र चन्द्रगढीमा सो सेवा विस्तार गरिएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले ३२ जिल्लामा एकसाथ हाई–स्पिड इन्टरनेट ‘फोर जी’ सुरुवात गरेको हो ।
३२ जिल्लाका प्रमुख शहरमा विस्तार भएको फोरजी सेवा पुगेपछि उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने टेलिकमको दावी छ । कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको छ ।
टेलिकमले झापासहित धनकुटा, मोरङ, सुनसरी, बारा, चितवन, धादिङ, धनुषा, दोलखा, काभ्रेपलाञ्चोक, महोत्तरी, मकवानपुर, नुवाकोट, पर्सा, रामेछाप, रसुवा, रौतहट, सर्लाही, सिन्धुली, बागलुङ, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही, बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, तनहुँ, मुस्ताङ, लमजुङ र सप्तरी जिल्लामा सेवा विस्तार गरेको छ ।
यस्तै, झापाको दमक, विर्तामोड, चन्द्रगढी सहित भीमदत्तनगर, झलारी पिप्लाडी,अत्तरिया, धनगढी, चौमाला, मसुरिया, सुख्खड, लम्की, टीकापुर, सुर्खेत, गुलरिया, कोहलपुर, नेपालगञ्ज, घोराही, लमही, तुलसीपुर, बेनी, कुस्मा, बागलुङ, तानसेन, लुम्बिनी, भैरहवा, मंगलापुर, बुटवल, मुर्गिया, सुनवल, देवदह, परासी, वर्दघाट, भरतपुर, टाँडी, सौराहा, धादिङ, विदुर, धुन्चे, बनेपा, धुलिखेल, पनौती, हेटौंडा, सिमरा, वीरगन्ज, कलैया, चरीकोट, मन्थली, सिन्धुपाल्चोक, गौर, मलंगवा, जलेश्वर, जनकपुर, धनकुटा, धरान, इटहरी, इनरुवा, विराटनगर, बेसीशहर र भारदह शहरहरुमा सेवा विस्तार गरिएको बताइएको छ ।