असार १६, २०८२ सोमबार

रवि लामिछाने विदेश जाँदा अदालतको अनुमति लिनु नपर्ने

सञ्चारकर्मी रवि लामिछानेलाई विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटन हेटौँडा इजलासले बदर गरेको छ ।

रवि लामिछाने र युवराज कँडेललाई स्वास्थ्य उपचारका लागि विदेश जाँदा अनिवार्य अदालतको अनुमति लिनुपर्ने चितवन जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटन हेटौँडा इजलासले बदर गरेको हो ।

बिहीबार उच्च अदालत पाटन हेटौँडा इजलासमा चितवन जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सरकारी वकिलसहित रवि लामिछाने र युवराज कँडेलले छुट्टाछुट्टै निवेदन दिएका थिए । विदेश जाने प्रावधान बाहेकका चितवन जिल्ला अदालतबाट भएको आदेश भने मिलेकै देखिएको भन्दै उच्च अदालतले सदर गरिदिएको छ ।

दुवै मुद्दा एकै विषयको भएको भन्दै एकै लगाउमा राखेर बिहीबार बहस भएको थियो । न्यायधीशद्वय महेन्द्रनाथ उपाध्याय र चण्डीराज ढकालको इजलाशले विदेश जाँदा अदालतको अनिवार्य अनुमति लिनुपर्ने आदेश भने बदर गरेको हो ।

चितवन जिल्ला अदालतले सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो । यस्तै लामिछाने र कँडेललाई भने जनही क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । उज्यालोअनलाईबाट

प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]