बैशाख २०, २०८२ शनिबार

झापामा फौजी किराको प्रकोप नियन्त्रण

भद्रपुर । केही समयअघि झापाका विभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रमा देखिएको फौजी किराको प्रकोप नियन्त्रणमा आएको छ । कृषि ज्ञान केन्द्र झापाले दिएको जानकारी अनुसार धान बालिमा लाग्ने फौजी किराको प्रकोप, ज्ञान केन्द्रको प्राविधिक सहयोग, स्थानीय तहका कृषि प्राविधिक तथा जनप्रतिनिधिहरुको सक्रियतामा नियन्त्रणमा आएको हो ।

झापाको गौरादहको ५ र ६, गौरीगञ्जको १ र ५, झापाको ३, कन्काइको ५, कमलको २, हल्दीबारीको ४ र ५ वडामा देखिएको फौजी किराको प्रकोप हाल नियन्त्रणमा आएको ज्ञान केन्द्रले जनाएको छ । झापा जिल्लाको कुल ८७ हजार ३ सय हेक्टरमा धान बालि लगाइएकोमा २ सय ८३ हेक्टरमा फौजी किराको प्रकोप देखिएको ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनुभयो ।

फौजी किराको प्रकोप हाल नियन्त्रणमा आए पनि बेलैमा सचेत नभए यस किराले फेरि पनि दुख दिन सक्ने सिंहले बताउनुभएको छ । सचेत रहन र धान बालिमा लाग्ने फौजी किराको आतंकबाट वच्न वेला वेलामा औषधि प्रयोग गर्न समेत सिंहले कृषकहरुलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]