बैशाख २३, २०८२ मंगलबार

नर्सिङ संघ झापामा शिवाकोटी सर्वसम्मत

बिर्तामोड । नेपाल नर्सिङ संघ झापा गठन भएको छ । पहिलो पटक गठन भएको संघको अध्यक्षमा रुचि शिवाकोटी सर्वसम्मत भएकी छन् । बाह्र सदस्यीय संघको उपाध्यक्षमा टिका सुवेदी, सचिव देव कुमारी दंगाल, सहसचिव सिता भण्डारी , कोषाध्यक्ष सुस्मिता मैनाली र सहकोषाध्यक्ष रोशन प्रसाई चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा टिका दवाडी, कमला पाण्डे, पवित्रा धिमाल, कमला घिमिरे र रञ्जना डाँगी रहेका छन् । झापाको दमक नगरपालिकाको सभाहलमा भेला भई झापाका नर्सले संघ गठन गरेका हुन् । प्रा.डा.तारा शाह, शान्ती टण्डन, मेनुका भण्डारी र तुलसा देवी अधिकारीको आतिथ्यतामा संघ गठन गरेको नवनिर्वाचित अध्यक्ष शिवाकोटीले जानकारी दिइन् । उनका अनुसार संघको वैधानिकताका लागि नेपाल नर्सिङ संघलाई पत्रचार गरिसकिएको छ ।

प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार  ११ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]