रतुवा पुल तर्दा शुल्क नलिने सहमति
मदन राजवंशी
गौरीगञ्ज । हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाइ नगरपालिका जोड्ने रतुवा नदिमा भाटे पुलको बिबाद उत्कर्षमा पुगेको छ । रतुवा नदिमा पक्की पुल बनेको बर्षौ बिति सक्दा समेत सञ्चालन हुन नसकेपछी झापा र मोरँगका स्थानीय समुहले दुई छुट्टा छुट्टै भाटाको पुल बनाएर खोला तर्ने नागरिकसँग अबैध शुल्क असुल्दै आएका छन् ।

शुल्क उठाउने बिषयमा दुबै भाटे पुल समुह बिच बिबाद हुँदा केहि दिन अघि दुबै पक्ष बिच हात हालाहालको अबस्था आएको थियो । झापाका तर्फबाट पुल बनाउने गंगा बाबाजी र मोरङका तर्फबाट पुल बनाउने कैलाश श्रेष्ठ बिचको बिबाद चुलिएपछी शुक्रवार दुबै पक्ष र स्थानीयहरुको रोहबरमा गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ र रतुवामाई नगरपालिकाका मेयर रबिन राईले रतुवा खोला तर्दा कुनै पनि पक्षले कसैसँग कुनैपनि शुल्क लिन नपाउने भद्र निर्णय गरेका छन् ।
दुबै पक्षको प्रतिनिधि र दुबै स्थानीय तहको जनप्रतिनिधि बिच शुक्रबार बेलुका भएको सहमती अनुसार दुबै पक्षको भाटे पुल सञ्चालकलाई दुबै पालिकाले पुल बनाएको खर्च स्वरुप रु १५÷ १५ हजार दिने र अब उपरान्त कुनै पनि समुहले कसैसँग पनि पुल तर्दा कुनै शुल्क लिन नपाउने निर्णय गरेको छ । निशुल्क सेवामा पुलको सुरक्षाका लागि मंसिर १ गते सम्म दुबै पक्ष गंगा बाबाजी समुह र कैलाश समुहलाई रेखदेखको जिम्मा दिइएको छ ।
छलफल पछि स्थानीयहरुसँग कुरा गर्दै गौरीगञ्ज गापाका प्रमुख बाबुराजा श्रेष्ठ र रतुवामाइ नगरपालिकाका मेयर रबिन राइले मंसिर १ गते पछी मात्र दुबै समुहलाई सहमती भएको रकम उपलब्ध गराउने र सो बिच पुलको रेखदेख र सुरक्षा नभए उनिहरुलाई १५/१५ हजार रुपैयाँ पनि नदिने सहमती भएको बताए । छलफलमा गौरीगञ्ज गाउँपालिका र रतुवामाई नगरपालिकाले आआफ्नो क्षेत्रमा तटबन्धन गरि बाटोमा माटो र ढुँगा भरेर रतुवाको पक्की पुल यसै बर्ष सञ्चालन गर्ने समेत सहमती गरेको छ ।
छलफलमा गौरीगञ्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठ रतुवामाइ नगरपालिकाका मेयर रबिन राइ प्रदेश सभा सदस्य शिबनारायण मण्डल गौरीगञ्ज गाउँपालिका न्यायीक समिती सदस्य राजेन्द्र ताजपुरिया इलाका प्रहरी कार्यालय प्रमुख गणेश भट्टराई झापा तिरका पुल सञ्चालक बाबाजी र मोरङ तर्फका पुल सञ्चालक कैलाश श्रेष्ठ लगायत स्थानीयहरुको उपस्थिती थियो ।